शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भ्रष्टाचारमुक्त नगर बनाउने नेकपा एसका उम्मेदवारको प्रतिबद्धता

भ्रष्टाचारमुक्त नगर बनाउने नेकपा एसका उम्मेदवारको प्रतिबद्धता

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै मेयर उम्मेदवार पुनले आफूहरुले जे गर्न सकिन्छ, त्यही कुरा मात्रै अघि सारेको जनाएका छन्। प्रतिबद्धता पत्रमा ‘हाम्रो नगर, राम्रो नगर’ बनाउन नगरमा मुख्य समस्याकोरुपमा रहेको फोहोरमैलालाई उचित व्यवस्थापनसहित फोहोर प्रशोधन उद्योग निर्माणलाई पहिलो प्रथामिकतामा राखिएको बताएका छन्।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

बुटवल- रुपन्देहीको सिद्धार्थनगरमा नेकपा एकीकृत समाजवादी (एस)ले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, फोहोरमैला र पार्किङ व्यवस्थापन, भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिबद्धता जनाएको छ। शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टीका तर्फबाट सिद्धार्थनगरका मेयर पदका उम्मेदवार कुलेन्द्र पुन, नगर अध्यक्ष रामबहादुर बस्नेत, उपाध्यक्ष सार्दुल मयूर कसौधन लगायतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

National life

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै मेयर उम्मेदवार पुनले आफूहरुले जे गर्न सकिन्छ, त्यही कुरा मात्रै अघि सारेको जनाएका छन्। प्रतिबद्धता पत्रमा ‘हाम्रो नगर, राम्रो नगर’ बनाउन  नगरमा मुख्य समस्याकोरुपमा रहेको फोहोरमैलालाई उचित व्यवस्थापनसहित फोहोर प्रशोधन उद्योग निर्माणलाई पहिलो प्रथामिकतामा राखिएको  बताएका छन्। 

यस्तै, पर्यटन क्षेत्रको विकास नै सिद्धार्थनगरको समृद्धिको मूल आधार भएको बताउँदै यसको विकासलाई जोड दिइएको छ। नगरलाई कृषि उद्योग र पर्यटन व्यवसायबाट आत्मनिर्भर बनाइने प्रतिबद्धतामा उल्लेख गरिएको छ।

नगरको मुख्य समस्याका रुपमा रहेको पार्किङको व्यवस्था गर्ने र नयाँ बन्ने पूर्वाधारहरुमा अन्डरग्राउन्ड पार्किङ्गको व्यवस्थालाई मिलाइने जनाइएको छ।

यस्तै, वातावरणीय दृष्टिकोणले सरसफाईयुक्त, प्रदुषणमुक्त बनाउन र हरित नगरपालिका निर्माणमा विशेष पहल गरिने, स्वास्थ्य वीमालाई कडाइका साथ कार्यान्वयन गरिने, राजश्व वृद्धिमा भन्दा दायरालाई फराकिलो पारिने, एकीकृत सम्पत्ती करमा लक्षित वर्गलाई विशेष छुट दिइने, नगरपालिका भित्र बन्ने र बनिसकेका पूर्वाधारहरुलाई अपाङ्गमैत्री, महिलामैत्री, बालमैत्री, जेष्ठ नागरिकमैत्री बनाउने जनाइएको छ।

Laxmi sunrise bank
kumari

नगरभित्र शान्ति, अमनचयनको अनुभूति गराउनुका साथै भष्ट्राचारमुक्त नगरको रुपमा स्थापित गरिने पुनले बताए।  न्यायिक समितिले गर्नुपर्ने नगरको समस्यालाई छिटोछरितो र प्रभावकारी ढंगबाट किनारा लगाई नगरबासीहरुलाई न्यायको प्रत्याभूति दिइने र ७५ वर्ष पुगेका जेष्ठ नागरिहरुलाई घरघरमा पुगेर सेवा उपलब्ध गराउने समाजवादीले जनाएको छ।

प्रकाशित: May 06, 2022| 16:30 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।