शुक्रबार, जेठ १, २०८३

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

तीन हजार चार सय ५३ जनामा गरिएको नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

National life

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तीन हजार चार सय ५३ जनामा गरिएको नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल दुई सय १५ जना संक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४ हजार ६२१ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। 

प्रकाशित: May 06, 2022| 17:30 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्