आइतबार, मंसिर ७, २०८२

एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल पराजित

नेपाल र जिम्बावे ए बीचको पहिलो एक दिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले जिम्बावे एसँग तीन विकेटको हार बेहोरेको हो।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं– नेपाल र जिम्बावे ए बीचको पहिलो एक दिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले जिम्बावे एसँग तीन विकेटको हार बेहोरेको हो।

National life

तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा टस हारेर सुरुआति ब्याटिङ गरेको नेपालले १३६ रन मात्र बनाएको थियो। नेपालले ३१ ओभर तीन बलमै सम्पूर्ण विकेट गुमाएर सो रन बनाएको हो। जवाफमा जिम्बावेले सात विकेट गुमाएर २६ ओभरमै १३७ रनकाे लक्ष्य पूरा गरेको हो। जिम्बावेविरुद्ध नेपाली कप्तान सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिएका थिए। त्यस्तै, सोमपाल कामी र सागर ढकालले पनि समान १–१ विकेट गिराए।

त्यसक्रममा जिम्बावेका इनोसेन्ट कियाले ४८ रन बनाउँदा सेफस जुवाओले ३२ रनको योगदान दिए। रोय कियाले पनि १४ रन बनाए। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन नै गरेनन्।

आजको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले १९ रन बनाए भने आसिफ शेख पाँच रनमै आउट भए। आसिफले पछिल्लो खेलमा ८७ रन बनाएका थिए। नेपालका लागि आरिफ शेखले पनि पाँच रन मात्र जोड्न सके भने रोहित पौडेल र मोहम्मद आदिल आलमले क्रमशः तीन र दुई रन जोडे।

दीपेन्द्र सिंह ऐरीले १८ रन बनाउँदा सोमपाल कामीले ७० बल खेल्दै ३० रन बनाएका छन्। नेपाली टिमका करण केसीले ३६ बलमा २५ रन बनाए। भने ९ बलमा चार रन बनाएर सन्दीप आउट भएपछि नेपाल सस्तैमा समेटिएको हो।

Laxmi sunrise bank
kumari

बलिङतर्फ जिम्बावेका ब्राड भवान्सले चार विकेट लिए भने भिक्टर न्युची, चेफास झुवाओ र ब्रान्डन मवुताले समान २–२ विकेट गिराएका थिए। शृङ्खलाको दोस्रो खेल शनिबार त्रिवि मैदानमै हुनेछ।

प्रकाशित: May 06, 2022| 14:43 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।