आइतबार, मंसिर ७, २०८२

एसियाली खेलकुद एक वर्षका लागि स्थगित

चीनको हाङझावमा यसै वर्ष आयोजना गर्ने तयारी भएको १९ औं एसियाली खेलकुद स्थगित भएको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं– चीनको हाङझावमा यसै वर्ष आयोजना गर्ने तयारी भएको १९ औं एसियाली खेलकुद स्थगित भएको छ। चीनमा कोभिड–१९ को महामारी तीव्र रुपमा बढिरहेका कारण एसियन गेम्स स्थगित भएको हो।

National life

चीनको ओलिम्पक कमिटी सिओसी र आयोजक हाङझाव एसियाली खेलकुद कमिटी एचएजिओसीले छलफल गरेर एसियाली खेलकुद अर्को वर्ष गर्ने निर्णय गरेका हुन्। ‘एशियन ओलम्पिक काउन्सिलले १९ औं एसियाली खेल सेप्टेम्बर १० देखि २५, २०२२ सम्म चीनको हाङ्झावमा हुने तय गरेको थियो। तर उक्त प्रतियोगिता स्थगित गरिएको छ,’ प्रतियोगिता आयोजकको आधिकारिक वेबसाइटमा राखिएको विज्ञप्तिमा लेखिएको छ, ‘एसियाली खेलकुद प्रतियोगिताका लागि नयाँ मिति पछि घोषणा गरिनेछ।’

एसियाली खेलकुदका लागि नेपालमा पनि तयारी तीव्र भइरहेको छ। एसियाली खेलकुदकै लागि आज तेक्वान्दो र पौडीको छनोट भइरहेको छ। कराँते, कबड्डी, बक्सिङ, बास्केटबल लगायत धेरै खेलको त छनोट सम्पन्न भइसकेको छ।

एसियाली खेकुदको नयाँ मिति भने घोषणा गरिएको छैन। यसअघि भदौ २५ देखि असोज ९ गतेसम्म हुने तालिका रहेको थियो।

प्रकाशित: May 06, 2022| 13:54 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।