बुधबार, असार ३१, २०८३

भक्तपुर फेरि डुबानमा, स्थानीय त्रसित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भक्तपुर- शनिबार राति परेको अविरल वर्षाका कारण भक्तपुरका केही क्षेत्र फेरि डुबानमा परेका छन् । हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र पुनः डुबानमा परेको हो । 

बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, सल्लाघारीका केही क्षेत्र डुबानमा परेका हुन् । बाढी बस्तिमा पस्ने डरले स्थानीयवासी त्रसित भएका छन् । कतिपयको घरको तल्लो तला सबै डुबेको छ भने केही मानिस घर छाडेर अयन्त्र सरेका छन् । 

वर्षा रोकिए पनि खोलामा पानीको बहाव नघटेकाले नागरिकलाई सुरक्षित र उच्च सतर्कतासाथ बस्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । खोलामा पानीको बहाव बढ्न थालेपछि रातिदेखि उच्च सुरक्षा सतर्कता अपनाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । डुबानग्रस्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।