आइतबार, मंसिर ७, २०८२

जिम्बावेसँग नेपाल १३६ रनमै अलआउट

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र जिम्बावेबीचको खेलमा नेपाल १३६ रनमै अलआउट भएको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र जिम्बावेबीचको खेलमा नेपाल १३६ रनमै अलआउट भएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१ ओभर तीन बल खेल्दै १३६ रन बनाएर अलआउट भएको हो।

National life

यससँगै पाहुनो टिम जिम्बावेले १३७ रनको लक्ष्य पाएको छ। आजको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले १९ रन बनाए भने आसिफ शेख पाँच रनमै आउट भए। आसिफले पछिल्लो खेलमा ८७ रन बनाएका थिए।

नेपालका लागि आरिफ शेखले पनि पाँच रन मात्र जोड्न सके भने रोहित पौडेल र मोहम्मद आदिल आलमले क्रमशः तीन र दुई रन जोडे।

दीपेन्द्र सिंह ऐरीले] १८ रन बनाउँदा सोमपाल कामीले ७० बल खेल्दै ३० रन बनाएका छन्। नेपाली टिमका करण केसीले ३६ बलमा २५ रन बनाए। भने ९ बलमा चार रन बनाएर सन्दीप आउट भएपछि नेपाल सस्तैमा समेटिएको हो।

बलिङतर्फ जिम्बावेका ब्राड भवान्सले चार विकेट लिए भने भिक्टर न्युची, चेफास झुवाओ र ब्रान्डन मवुताले समान २–२ विकेट गिराएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 06, 2022| 12:22 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।