सोमबार, असार २३, २०८२

जिम्बावे ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

जिम्बावे ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। जिम्बावे ‘ए’ ले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।
 |  शुक्रबार, वैशाख २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

vianetvianet

काठमाडौं- जिम्बावे ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। जिम्बावे ‘ए’ ले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।

एकदिवसीय खेलका लागि नेपाली टिममा केही परिवर्तन समेत गरिएको छ। कप्तान सन्दिप लामिछानेसँगै स्पीनरद्वय सागर ढकाल र सुशन भारी पहिलो रोजाइमा खेल्दैछन्। यस्तै फास्ट बलरमा सोमपाल कामी र करण केसी नै निरन्तर छन्। अलराउण्डरको रुपमा आदिल अन्सारी छन्।

ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् भने आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेल मिडल अर्डरमा छन्। विनोद भण्डारी, देव खनाल, विक्रम सोब र किशोर महतो बेन्चमा छन्। सुनिल धमला भने टिम लिस्टमा पनि अटाएका छैनन्।

तीन खेलको टी-२० शृंखलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन्। तीन खेलको टी-२० शृंखलामा दुवैले एक-एक खेल जित्दै शृंखला बराबरी गरेका थिए। एक खेल भने वर्षाका कारण रद्द भएको थियो।

प्रकाशित: May 06, 2022| 09:33 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।