बुधबार, असार ३१, २०८३

अर्बको नेप्से कारोबार : परिसूचक र इन्डेक्स घट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा एक सय ८१ कम्पनीहरूको कारोबार भयो। जसमा १५ हजार तीन सय १० वटा कारोबारबाट एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरको ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयर खरिद-बिक्री भए।

१.९४ प्रतिशत बढ्यो कारोबार

अघिल्लो साताको तुलनामा गत साता (साउन ११-१७) को नेप्सेमा भएको कारोबार १.९४ प्रतिशत बढेको छ। अघिल्लो साता एक सय ७९ वटा कम्पनीको कारोबार भएको थियो। 

त्यसमा १६ हजार आठ सय ८६ कारोबारबाट एक अर्ब पाँच करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरको ३९ लाख ४५ हजार सात सय ६०  कित्ता सेयर खरिद-बिक्री भएको थियो। त्यसको तुलानमा गत साता दुई करोड चार लाख ५७ हजार रुपैयाँ बढी कारोबार भएको छ।

परिसूचक र इन्डेक्स घट्यो

गत साताको पहिलो दिन आइतबारको कारोबारमा नेप्से परिसूचक ११९४.८२ विन्दु पुगेकामा अन्तिम दिन बिहीबार परिसूचक ३.५१ अंकले घटेर ११९१.३१ विन्दुमा झर्न पुगेको थियो। 

यस्तै, 'क' वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने 'सेन्सेटिभ' परिसूचक पनि पाँच दिनको अवधिमा ०.४० अंक घट्न पुगेको छ। शुरु दिन २५१.५५ विन्दुमा रहेको 'सेन्सेटिभ' परिसूचक बिहीबारसम्ममा घटेर २५१.१५ विन्दुमा पुगेको हो।

पहिलो दिन १०१५.७४ विन्दुमा रहेको वाणिज्य बैंकको परिसूचक २.०७ अंक बढेर अन्तिम दिन १०१७.८१ विन्दुमा अडियो।


वाणिज्य बैंक र उत्पादनमुलक बढ्यो

नेप्से कारोबार भएको पाँच दिनको तथ्यांकअनुसार वाणिज्य बैंक र उत्पादनमुलक समूहको परिसूचक बढेको छ। व्यापारको अवस्था स्थिर छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ। 

साताको नेप्से कारोबार शुरु भएको पहिलो दिन १०१५.७४ विन्दुमा रहेको वाणिज्य बैंकको परिसूचक २.०७ अंक बढेर अन्तिम दिन १०१७.८१ विन्दुमा पुगेको थियो। 

यस्तै, उत्पादनमुलक समूहको परिसूचक २.३३ अंक बढेको छ। आइतबार २२१०.७ विन्दुमा रहेको परिसूचक बिहीबार बढेर २२१३.१ विन्दुमा पुगेको हो। व्यापार समूहको परिसूचक १९६.६९ विन्दुमा स्थिर छ।

यसैबीच, विकास बैंक समूहको परिसूचक पाँच दिनको अवधिमा १.४७, वित्तको ०.७,  लघुवित्त ९, होटल समूहको परिसूचक १८.१७ अंक घटेको छ। जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा र अन्य समूहको नेप्से परिसूचक क्रमशः ०.५१, ४५.३४, ६४.६३ र ११.८२ अंक घटेको हो।

माछापुछ्र्रे बैंक र माछापुछ्रे बैंक नेपाल अग्रस्थानमा

गत साता कारोबार रकमको आधारमा माछापुछ्रे बैंक लिमिटेड र कारोबार भएको सेयर संख्याको आधारमा माछापुछ्रे बैंक नेपाल लिमिटेड अग्रस्थानमा छन्।

माछापुछ्रे बैंकले कम्पनीहरूमध्ये सबैभन्दा बढी ६ करोड ८७ लाख १० हजार रुपैयाँ कारोबार गरेको छ। यस्तै, माछापुछ्रे बैंक नेपाल लिमिटेडले सबैभन्दा बढी तीन लाख ३५ हजार कित्ता सेयर कारोबार गरेको छ।

कारोबार संख्याका आधारमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड अग्रस्थानमा छ। उक्त कम्पनीले सात सय ३१ वटा कारोबार गरेको छ।

सर्वाधिक कारोबार गर्ने कम्पनीहरू

सातामा विभिन्न पाँच कम्पनीले नेप्से बजारमा सर्वाधिक कारोबार गरेका छन्। माछापुछ्रे बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक र सानिमा माई हाइड्रोपावर लिमिटेडले गत साता सर्वाधिक रकम कारोबार गरेको नेप्सेले जनाएको छ। ती कम्पनीहरूले चार करोड १९ लाख रुपैयाँदेखि ६ करोड ८७ लाख रुपैयाँसम्मको कारोबार गरेका छन्।

गत साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै कारोबार भएन। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्