आइतबार, मंसिर ७, २०८२

आईपीएलमा हैदराबादलाई दिल्लीले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई दिल्ली क्यापिटलले २१ रनले हराएको छ। बारबोर्न रंगशालामा पहिले पहिले ब्याटिङ गरेको दिल्लीले २१ रनको जित निकालेको हो।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई दिल्ली क्यापिटलले २१ रनले हराएको छ। बारबोर्न रंगशालामा पहिले पहिले ब्याटिङ गरेको दिल्लीले २१ रनको जित निकालेको हो।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले पुरा ओभर खेल्दै तीन विकेट गुमाएर २०७ रन बनाएको थियो। २०८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभर खेल्दै आठ विकेट गुमाएर १८६ रन मात्र बनाएपछि दिल्लीले जित निकालेको हो।

ओपनिङमा आएका मनदिप सिंह शून्य रनमै आउट भए पनि अर्का ओपनर डेविड वार्नरले ९२ रनको योगदान दिए। उनले ५८ बलमा १२ चौका र तीन छक्काको सहयोगमा सो रन जोडेका थिए।

त्यस्तै, रोवमन पावेल ६७ रनमा अविजित रहँदा रिषभ पन्त २६ रन बनाएर आउट भए। बलिङतर्फ हैदराबादका भुवनेश्वर कुमार, सिन अबोट र श्रेयस गोपालले समान १,१ विकेट लिए।

त्यस्तै, जवाफी ब्याटिङमा हैदराबादका निकोलस पुरनले ६२ रन बनाए भने एडिया मार्ककरमले ४२ रनको योगदान दिए। बलिङतर्फ खलिल अहमदले तीन विकेट गिराउँदा श्रर्दुल ठाकुरले दुई विकेट लिए।

Laxmi sunrise bank
kumari

यो जितसँगै दिल्लीले १० अंक बनाएको छ भने हैदराबादको पनि समान १० अंक नै छ। यी दुई क्लब क्रमशः पाँचौँ र छैटौं स्थानमा छन्।

प्रकाशित: May 06, 2022| 06:43 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।