चितवन– नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति १०ः२५ बजेबाट बाटाे अवरुद्ध भएको हाे ।
पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ। सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ।
सोही ठाउँमा शनिबर पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो। सडकको जलबिरेमा पनि पहिरो खसेपछि शनिबार सडक अवरुद्ध बनेको थियो। बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४