मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन

सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन

प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन्। 

तनहुँको रिसिङ इलाकामा निर्वाचनको सुरक्षार्थ स्थापना गरिएको ‘कम्पनी अपरेटिङ वेस’ (सिओवी) को आज निरीक्षण भ्रमणका क्रममा उनले उक्त निर्देशन दिएका हुन्। 

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तक्रियासमेत गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ।

निर्देशनालयका अनुसार उनले आजै रुपन्देहीको मझगावा इलाकाको ‘सिओवी’को समेत निरीक्षण भ्रमण गरेका थिए। यस्तै प्रधान सेनापति शर्माले कास्कीको पोखरास्थित मध्ये कमाण्ड हेडक्वाटर र रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलको पनि निरीक्षण गरेको निर्देशनालयले जनाएको छ।

भ्रमणका क्रममा उनले ब्याटल स्कुलको वर्तमान अवस्था, स्थानीय तहको निर्वाचन सुरक्षालगायत विविध पक्षबारे जानकारी लिएका थिए। 




प्रकाशित: Apr 28, 2022| 22:25 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।