आइतबार, मंसिर ७, २०८२

एनभिए लिग : पुलिसको लगातार तेस्रो जित

प्रतिभा माली बेगरको न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले तेस्रो जित दर्ता गरेको हो। एकपक्षीय बनेको खेलमा पुलिसले डायमन्डलाई २५–११, २५–१७ र २५–१५ ले सहजै हराउन सफल भएको हो।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं-  एनभिए  लिग अन्तर्गत त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको खेलमा पुलिसले लगातार तेस्रो जित दर्ता गरेको छ। प्रतिभा माली बेगरको न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले तेस्रो जित दर्ता गरेको हो। एकपक्षीय बनेको खेलमा पुलिसले डायमन्डलाई २५–११, २५–१७ र २५–१५ ले सहजै हराउन सफल भएको हो।

National life

लिगकै अर्को खेलमा अर्को विभागीय टोली एपीएफले एभरेष्ट भलिबल क्लबलाई २५–१३, २५–१०, १९–२५ र २५–१९ ले पराजित गर्दै दोस्रो जित निकालेको छ। यो जितसँगै एपीएफले तीन खेलबाट ६ अंक प्राप्त गरेको छ। एभरेस्टको ३ खेलबाट २ अंक छ।

गल्कोटले ढोरपाटन स्पोर्टस् क्लबलाई ३-२ सेटमा पराजित गर्‍यो। गल्कोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२ र १५–८ ले पराजित गरेको हो। गल्कोटको यो जितसँगै २ अंक प्राप्त गरेको छ। ढोरपाटनको १ अंक छ।

अर्को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले पुलिस क्लबमाथि ३-० को जित निकालेको छ। हेल्प नेपालले २५–२३, २५–२३ र २५–२० को जित निकाल्दै आफ्नो खातामा थप ३ अंक जोड्यो। यस संगै हेल्प नेपालको ११ अंक भएको छ।


Laxmi sunrise bank
kumari

प्रकाशित: May 05, 2022| 19:55 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।