बुधबार, असार ३१, २०८३

आजका अखबार : अस्वीकृतिपछि जोशीलाई महाअभियोग 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्विकृत भएपछि उत्पन्न भएका तरङ्गलाई प्रमुख खबर बनाएका छन् ।
 
सुनुवाइ पूर्वाग्रही भएको भन्दै जोशीले गुनासो गरेको विषयलाई नागरिक दैनिकले प्रमुखताका साथ छापेको छ भने जोशीले १५ दिनको विदा लिएपछि ओमप्रकाश मिश्रले कामु प्रधानन्यायाधीशको जिम्मेवारी समालेको विषयलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ । 

नयाँ पत्रिका बिदामा जोशी, अब नयाँ प्रधानन्यायाधीशको खोजी शीर्षकमा खबर छापेको छ । उसले प्रस्तावित प्रधानन्यायाधशी अस्वीकृत भएको पत्रको पतीक्षामा संवैधानिक परिषद रहेको उल्लेख गर्दै नयाँ पत्रिकाले लेखेको छ– अब नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि विपक्षी दलका नेता शेरबहादुर देउवाको असहमती भएपनि परिषद्ले बहुमतका आधारमा सिफारिस गर्नसक्ने छ । 

सत्तारुढ दल नेकपाले प्रधानन्यायाधीशमा अस्विकृत भएका जोशीले बरिष्ठतम न्यायाधीशबाट राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिएको विषयलाई आजको अन्नपूर्ण पोस्ट्ले मुख्य समाचार बनाएको छ । समितिले अस्विकृत गरेपछि अब जोशीले न्यायाधीशको रुपमा काम गर्न नहुने र नैतिकताका आधारमा पदमा बस्न नमिल्ने नेकपाको निष्कर्ष छ । 

नेपाली कांग्रेसले भने जोशी प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिएको अन्नपूर्णले नै लेखेको छ । न्यायालय कब्जा गर्ने नियतले सत्तारुढ दलले प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अस्विकृत गरेको कांग्रेसको ठहर छ । 

जोशीको विषय बाहेक आजका पत्रपपत्रिकाले अन्य खबरलाई पनि विशेष महत्व दिएका छन् ।  आजको नागरिक दैनिकले कोसी बाँधका पीडीतले आधा शताब्दी वित्दा पनि मुआब्जा नपाएको विषयलाई मुख्य समाचार बनाएको छ । ५८ वर्ष बित्दा पनि भारतले सम्झौता पुरा गर्न कुनै तदारुकता नदेखाएको उसले उल्लेख गरेको  छ । 

नयाँ पत्रिकाले दिल्लीबाट ६८ नेपाली महिलाको उद्धार गरिएको विषयलाई महत्वका साथ छापेको छ भने पूर्वोत्तर भारतको गणनामा नेपालीभाषी छुटेको विषयलाई कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ। 

आजको कारोबार दैनिकले व्ययभार थपिने गरी संघीय प्रहरी ऐनको मस्यौदा तयार भएको विषयलाई मुख्य समाचार बनाएको छ । उसका अनुसार ३० वर्षे सेवाअवधीलाई यथावत राखेर ऐन पारित गर्न खोजिएको छ, जसकाकारण बर्सेनी राज्यलाई अर्बौभार पर्नेछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।