बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रक्सी खाएर हो-हल्ला गर्ने यातायात कार्यालयका प्रमुखसहित चार पक्राउ

रक्सी खाएर हो-हल्ला गर्ने यातायात कार्यालयका प्रमुखसहित चार पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
तेह्रथुम- तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शनिबार बिदाको दिन घुम्न आएका दाहालसहित कार्यालयका कर्मचारी विजय दाहाल, लेखराज कटुवाल र देवान मण्डललाई वसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए । 

उनीहरु चारै जनाले आपसमा झगडा गरेको र सार्वजनिक स्थानमा अपशब्द बोलेको प्रहरीले जनाएको छ । ती समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई वटा कुर्सीसमेत भाँचिदिएको छ । पक्राउ परेकालाई हिरासतमा राखिएको प्रहरी निरीक्षक दाहालले बताए । दाहालका अनुसार आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।