आइतबार, वैशाख १६, २०८१

टेस्ट टिमविरुद्धको जितले नेपाली टिममा बढेको आत्मविश्वास

मौसमको प्रतिकूलताका कारण बीचको एक खेल भने रद्द भएको थियो। त्यसकारण अन्तिम खेलमा छ विकेटको जित निकाल्दै नेपालले १–१ को बराबरी गरेको हो।
 |  बिहीबार, वैशाख २२, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं– नेपालले बुधबार जिम्बावेको ए टिमलाई हराएर तीन खेलको टी २० सिरिज बराबरी गरेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आयोजिन शृंखलाको पहिलो खेलमा नेपालले ठूलो हार बेहोरे पनि अन्तिम खेलमा भने नेपालले जित निकाल्यो।

triton college

मौसमको प्रतिकूलताका कारण बीचको एक खेल भने रद्द भएको थियो। त्यसकारण अन्तिम खेलमा छ विकेटको जित निकाल्दै नेपालले १–१ को बराबरी गरेको हो। यो जितले नेपालको लागि धेरै अर्थ राख्ने प्रशिक्षक र खेलाडी बताउँछन्। ‘जिम्बावे टेस्ट राष्ट्र हो। यसरी आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई जित्न गाह्रो हुने गर्दछ। जिम्बावेविरुद्ध जितको अनुभव हामीलाई आउँदो दिनमा काम लाग्न सक्छ,’ सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका आशिफ शेखले भनेका छन्।

त्यसो त क्रिकेट टिम पुस्तान्तरणको अवस्थामा रहेका अहिले नेपाली खेलाडीलाई धेरै एक्सपोजरको आवश्यकता रहेको छ। त्यहि कारण पनि नेपाल क्रिकेट संघ (क्यान)ले अहिले धेरै प्रतियोगिताको तयारी गरिरहेको छ। यता कोभिड–१९ को महामारीको कारण रोकिएका प्रतियोगिता पनि पछिल्लो समय नै आयोजना भएको कारण पनि नेपाली क्रिकेट टिम अहिले निकै व्यस्त छ। यसै सिलसिलामा नेपालले गएको अप्रिल ३० देखि त्रिवि क्रिकेट मैदानमा एक दिवसीय र टी २० सिरिज सुरु गरेको छ।

यो सिरिजमा नेपाली खेलाडीको प्रदर्शन कस्तो रह्यो त? जवाफमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दाशानायकले भनेका छन्, ‘सबैजनाले जसरी खेले समग्रमा म धेरै खुसी छु। पहिलो खेलको तुलनामा हामीले राम्रो खेल्यौं। हामीले तीन खेल नै खेल्न पाएकोे भए यो सिरिज झनै उत्कृष्ट हुन्थ्यो।’ पहिलो खेलमा नेपालले छ विकेटको हार बेहोर्यो। नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले सहजै भेट्टाएको थियो। टी २० मा नेपाली  टिमका निकै बलिया मानिएका खेलाडीहरुलाई पनि जिम्बावेका ब्याटरले सहजै खेलेका थिए।

त्यसो त नेपालले यो सिरिजमा कुनै खेल जित्ने लक्ष्य राखे पनि त्यसमा शंका गर्ने धेरै ठाउँहरु थिए। किनभने टेस्ट राष्ट्रविरुद्ध जित निकाल्नु चुनौतिको कुरा हो। ‘हामीले यो सिरिज जित्न त सक्दैर्नाैँ। तर हामी राम्रो प्रतिस्पर्धि खेल देखाउने तयारीमा हुनेछु,’ दोस्रो खेल मौसमले प्रभावित भएपछि कप्तान सन्दीप लामिछानेले भनेका थिए, ‘यहाँ राम्रो पीच छ जिम्बावेका ब्याटर उत्कृष्ट छन्। यस्तोमा हामीले बलियो योजना बनाएर खेल्न आउनुपर्छ। र जित निकाल्नु पर्छ।’

corrent noodles
Metro Mart
मौसमको प्रतिकूलताका कारण बीचको एक खेल भने रद्द भएको थियो। त्यसकारण अन्तिम खेलमा छ विकेटको जित निकाल्दै नेपालले १–१ को बराबरी गरेको हो।

प्रशिक्षक पुबुदुका अनुसार नेपालले पहिलो खेलमा धेरै गल्ती गरेको थियो। त्यसलाई सुधार गर्नुपर्ने थियो। त्यसैले अन्तिम खेलको नतिजा कस्तो हुने होला टिममा कौतूहलता थियो। तर नेपालले जित्यो। बुधबार सन्दीपले भनेजस्तै भयो। नेपालले जित्यो। ‘अन्तिम खेलमा पाएको जितले पनि ‘सरप्राइज’ बनाएन। म यो बराबरीलाई राम्रो मान्छु। मैले खेलमा फरक कम्बिनेसन प्रयोग गरेँ,’ प्रशिक्षक पुबुदुले भने, ‘अनि राष्ट्रिय टिमका लागि यस्तो सिरिजको धेरै महत्व हुन्छ। एसोसिएटले आईसीसीको पूरा सदस्य भएको देशसँग खेल्दा हामीले उनीहरुले आधारभूत तरिकाले खेलिरहेका छन्। र, उनीहरु खेलमा अनुशासित पनि छन्।’

सन्ीदप पनि नेपालको खेललाई त्यहि तरिकाले व्याख्या गर्न रुचाउँछन्। भन्छन्, ‘पहिलो खेलबाट पनि हामीले धेरै सिकेका छौं। धैर्यता र राम्रो तरिकाले डेलिभरी दिने कुराले धेरै अर्थ राख्छ। खेलाडीले योजनालाई लागू गरेको छ। फास्ट बलरले राम्रो गरेका छन्। यो परिवर्तन हुनु चाहिँ भोलिको लागि पनि राम्रो नै हो।’

नेपाल र जिम्बावेको खेललाई लिएर प्रशिक्षक पुबुदुले थप व्याख्या गरेका छन्, ‘जिम्बावेसँग खेल्दा गल्ती गर्नै मिल्दैन। एउटा मात्रै गल्ति गर्यौँ भने नतिजा उनीहरुको पक्षमा जाने सम्भावना रहन्छ। र, आजको खेल हाम्रो तर्फबाट सबै भन्दा राम्रो उदाहरण हो। आज हामीले एकदमै कम गल्ति गर्यौं र जिम्बावे ए लाई सुरुवात देखि नै दबाबमा राख्यौँ। मलाई लाग्छ हाम्रो खेलाडीहरुले यो खेलबाट आगामि दिनहरुमा हामीले खेल्ने महत्वपूर्ण खेलका लागि पाठ हुन्छ।’

अब नेपालले टी २० शृंखलापछि जिम्बावेसँगै एक दिवसीय सिरिज खेल्दैछ। सिरिजका लागि टिम घोषणा भइसकेको छ। र, यो सिरिज अमेरिका भ्रमणअघिको अन्तिम तयारी पनि हुनेछ। लिग २ को त्यो सिरिजमा नेपाललाई धेरै जितको आवश्यकता छ। किनभने नेपालले लिग २ को तालिकाको तेस्रो स्थानमा पुगे मात्र अघिल्लो चरणमा जान पाउँछ। नभए कठिन बाटो आपनाउनु पर्ने हुन्छ।

त्यसैले पनि अहिलेको सिरिज धेरै आयाममा अर्थपूर्ण छ। त्यसैले हुनसक्छ प्रशिक्षक पुबुदुले अहिले धेरै खेलाडी प्रयोग गरिरहेका छन्। उनी भन्छन्, ‘म यो युवा टिमलाई अझै राम्रो बनाउन चाहन्छु। अनि टिममा खेलाडी घाइते भयो भने हामीसँग ‘ब्याकअप’ योजना राख्नुपर्छ। अहिले आइरहेका नयाँ खेलाडीबाट म धेरै प्रभावित भएको छु। उनीहरु धेरै नै ट्यालेन्ट छन्। उनीहरु यो लेभलको ‘एक्सपोजर’ को लायक छन्। सबै कुराहरु योजनाअनुरुप भइरहेका छन्।’

अब नेपालले जिम्बावेसँग खेल्ने ५० ओभरको खेलबाट नेपालले अझै धेरै सिक्ने प्रशिक्षक पुबुदु बताउँछन्। र, यो नेपाली टिमको मुख्य अभ्यास पनि हो। ‘५० ओभरको खेल हाम्रो लागि चुनौतिपूर्ण हुनेछ। किनभने जिम्बावेका खेलाडी लामो भर्सनको लागि तयार खेलाडी हुन्। उनीहरुले घरेलु मैदानमा चार दिवसीय क्रिकेट खेलेर नेपाल आएका छन्। उनीहरुले लामो फर्म्याटको राम्रो खेल्छन् र हामीले धेरै कुरा सिक्नेछौं,’ प्रशिक्षक पुवुदुले भने।

अब नेपालले टी २० शृंखलापछि जिम्बावेसँगै एक दिवसीय सिरिज खेल्दैछ। सिरिजका लागि टिम घोषणा भइसकेको छ। र, यो सिरिज अमेरिका भ्रमणअघिको अन्तिम तयारी पनि हुनेछ।

तुलनात्मक रुपमा नेपालले टी २० मा राम्रो प्रदर्शन गरे पनि एक दिवसीय क्रिकेटमा राम्रो गर्न सकेको छैन। अब नेपालले खेल्न लागेको एक दिवसीय नै हो। त्यसैले एक दिवसीयका लागि नयाँ योजना र खेलाडी चाहिन्छन्। ‘प्रशिक्षक र मैले एकपटक राम्रो टेस्ट गनुपर्छ भन्ने लागेको छ। टेस्ट राष्ट्रसँगको नतिजाले हामीलाई फाइदा नै गर्छ। एकदिवसीयमा जानुभन्दा अघि यसले बुस्ट गर्छ। अर्को फर्म्याटमा जाँदाखेरी हामीले जिरोबाट जानुपर्छ। त्यसको लागि तयारी गरिरहेका छौं। यो १–१ को सिरिजको बराबरी चाहिँ राम्रो नै हो। पहिलो खेलमा नै हामीले ठूलो हार बेहोर्यौँ। त्यो हारपछि त यो राम्रो नै हो। हामी सबैको टिमवर्कले यो भएको हो,’ कप्तान सन्दीपले भने, ‘नेपाली टिम कस्तो अवस्थाबाट गइसहेको छ भन्ने त सबैलाई थाहा नै होला। यस्तोमा हामीले एक अर्कालाई विश्वास गर्नुपर्ने हुन्छ।’

यता नेपाललाई अर्को दबाब पनि छ, आफ्नो वरियता सुधार गर्ने। यो कामका लागि जित आवश्यक हुन्छ। अहिले नेपाल टी २० मा १३ औं स्थानमा र एकदिवसीयमा १६ औं स्थानमा छ। ‘वरियता सुधार्ने विषयमा चाहिँ, जति धेरै खेल्न सक्छौं र सबै कुरा मेनेज गरेर अघि बढ्न सक्छौं भन्नेमा भर पर्छ। अहिले कति टिमहरु जिम्बावे जाँदैछन् विश्वकपको छनोट खेल्न। त्यसैले सबैको समय नमिल्न पनि सक्छ। हामीले बुझ्नु पर्छ। हामीले कति कुराहरुलाई पर्खिनु पर्ने पनि हुन्छ,’ उनले भने।

यो सिरिजमा आशिफ शेखले निकै राम्रो प्रदर्शन गरे। ओपनर आसिफ जहिल्यै पनि सुरुआतमा निकै राम्रो प्रदर्शन गर्दै आए पनि मैदानमा टिकेर खेल्न सकेका थिएनन्। तर उनले बुधबारको खेलमा यादगार प्रदर्शन गरे। जिम्बावेका कसिला बलरविरुद्ध उनले ५४ बलमा ८७ रन बनाए। त्यसक्रममा उनले १४ चौका र एक छक्का प्रहार गरेका थिए। उनले यसअघि मलेसियाविरुद्ध अर्धसतक बनाएका थिए। त्यसपछि अहिले बनाए। ‘मेरो प्रदर्शनबाट सन्तुष्ट छु। सबैले राम्रो खेल्यौँ। जितको क्रेडिट हाम्रो बलरहरुलाई जान्छ। स्कोरिङ राम्रो थियो। किनभने विकेट राम्रो छ भन्ने हामीलाई थाहा थियो। पावर प्लेमा हरेक बल राम्रो हुन्छ। त्यहाँ हामीले राम्रो गर्यौँ। खुसी लागिरहेको छ,’ खेलपछि आशिफ शेखले भने।

यो सिरिजमा आशिफ शेखले निकै राम्रो प्रदर्शन गरे। ओपनर आसिफ जहिल्यै पनि सुरुआतमा निकै राम्रो प्रदर्शन गर्दै आए पनि मैदानमा टिकेर खेल्न सकेका थिएनन्।

उनको चाहिँ राष्ट्रिय टिमबाट सुरुआत राम्रो हुँदै थियो। तर फिनिसिङ हुन सकेको थिएन। ‘फिनिसिङको लागि राम्रो तयारी गरिरहेको थिएँ। त्यो पार्ट मिसिङ थियो। मैले त्यो नै ट्राई गरिरहेको थिएँ,’ उनले भने।

प्रशिक्षक पुबुदु दाशानायकेले पनि आशिफको प्रदर्शनको तारिफ गरेका छन्। तर आशिफले पछिल्ला सिरिजहरुमा त्यसरी प्रदर्शन गर्न नसकेकोमा खिन्न पनि देखिए। उनले भने, ‘आसिफले अन्तिम खेलमा निकै राम्रो प्रदर्शन गरे। यदी उनले एक वा दुई इनिङमा दुबई वा ओमनमा प्रदर्शन गरेको भए ति सिरिजको महत्व नै आज अर्कै हुने थियो।’ पछिल्लो समय नेपालले लामो समय राम्रो स्कोर गर्न सकेन। अझै दुई तीन महिना गाह्रो हुने पुबुदुको आकलन छ। तर आसिफको ब्याटिङ चल्नु राम्रो संकेत रहेको उनी बताउँछन्।

अहिले टिममा विवेक यादवले पनि स्थान बनाएका छन्। ‘विवेकले ओमनमा धेरै अवसर पाए। अनि विवेक ट्यालेन्ट पनि छन्। उनलाई सिस्टममा राख्नका लागि हामीले टिममा राखिरहेको हो। उनले राम्रो गर्न सक्छन् भन्ने लाग्छ। हामी उनीहरु दुवैलाई अवसर दिनेछौं। अनि अमिदले पनि राम्रो गरिरहेका छन्।’

प्रकाशित: May 05, 2022| 15:51 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।