बुधबार, असार ३१, २०८३

हरि प्राविका 'हेडसर' दुई दिनदेखि बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पर्वत- कुश्मा नगरपालिका–९ कटुवाचौपारिका शिक्षक शिवप्रसाद पौडेल विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । 

कटुवा चौपारीस्थित गायत्री घर भई पर्वतकै मोदी गाउँपालिका–६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानाध्यापक ५९ वर्षीय शिवप्रसाद पौडेल शुक्रबार बिहानदेखि बेपत्ता भएका हुन् । शुक्रबार बिहान घरभन्दा केही माथि रहेको मन्दिरमा पूजापाठ गर्न भनी गएका पौडेल घर फर्किएका छैनन् । 

विगत १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका पौडेल घर नफर्केपछि उनका भाइ दिवाकर पौडेलले खोजीमा सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन् । 

शनिबार साँझसम्म आफन्तहरुकहाँ समेत सोधपुछ गर्दा कुनै अत्तोपत्तो नभएपछि खोजीका लागि प्रहरीलाई अनुरोध गरिएको निवेदक दिवाकर पौडेलले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायक उपरीक्षक दिलीप घिमिरेले निवेदनका आधारमा बेपत्ता शिक्षक पौडेलको खोजी जारी राखिएको जानकारी दिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।