बुधबार, असार ३१, २०८३

दुई दिने भ्रमणका लागि मोदी नेपाल आउँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदैछन् । चौथो पटक नेपाल आउन लागेका उनी आगामी भदौ १४ गते नेपाल आउने कार्यसूची रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

भारतीय प्रधानमन्त्री मोदी भदौ १४ र १५ गते नेपालमा हुने चौथो विमस्टेक बैठकमा सहभागि हुन नेपाल आउन लागेका हुन् । 

यो पटकको भ्रमणका क्रममा मोदी पोखरा तथा गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुग्ने योजना छ । 

यसअघिको भ्रमणमा मुस्ताङबाट पोखरा फर्कने कार्ययोजना भएपनि समय अभावका कारण मोदी पोखरा जान सकेका थिएनन् । 

यसपटकको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोलीले पशुपति क्षेत्र विकास कोष परिसरमा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन गर्ने कार्यसूची पनि बनाइएको छ । 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको नेपाल अध्यक्ष राष्ट्र हो । यो संगठनमा भारत, वंगलादेश, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान सदस्य राष्ट्र छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।