बुधबार, असार ३१, २०८३

‘स्वतन्त्र न्यायलयलाई कमजोर पार्ने खेल’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले संसदीय सुनुवाइ समितिले गरेको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका छन्। 

उनले संसदीय समितिको नाम नलिर्इ यो कदमले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गरी कमजोर पार्ने खेल भएको आरोप लगाएका छन्। 

शनिबार एक विज्ञप्ति जारी गर्दै जोशीले भनेका छन्, ‘यसलाई मैले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई विस्तारै कमजोर बनाई आफ्नो अभिष्ट पूरा गर्ने तत्वहरू सक्रिय भएको चरम अवस्थाको रूपमा समेत बुझेको छु।’

यस्तै, जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि तत्काल स्वतन्त्र छानविन गर्न पनि सरकारसँग माग गरेका छन्। संसदीय सुनुवाइ विशेष समितिले शैक्षिक प्रमाणपत्र शंकास्पद रहेकोलगायतका कारण देखाउँदै प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो। 

आफूले परीक्षा दिएको परीक्षा बोर्डबाट रुजु नै नगरी हचुवाको भरमा चर्चा गरिएको र त्यसको आधारमा धारणा बनाउँदा आफूसँगै बोर्ड र न्यायपालिकाकै मानमर्दन भएको जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।