काठमाडौं–कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आइतबारदेखि बिदा बस्ने तयारी गरेका छन् । उनले शनिबारै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफ्नो बिदा बारे जानकारी गराउने जोशी निकट स्रोतले जनाएको छ ।
संसदीय सुनुवाइ विशेष समितिको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस जोशीको नाम दुईतिहाइ मतले अस्वीकृत गरेपछि जोशीले बिदा बस्ने तयारी थालेका हुन् ।
कायममुकायम प्रधानन्यायाधीश जोशी बिदा बसेपछि बरिष्ठतम न्यायाधीशका हिसावले ओमप्रकाश मिश्रले पेशी तोक्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४