बुधबार, असार ३१, २०८३

मर्स्याङ्दीमा बगेका दुई बालक बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लमजुङ- मर्स्याङ्दी नदीमा पौडी खेल्न गएका दुई बालक बगेर बेपत्ता भएका छन्। 

सँगै पौडी खेल्न गएका चारमध्ये तीन जनालाई खोलाले बगाएको थियो। बगेका एक जनाको तत्काल उद्दार गरिएको थियो । बाँकी दुई जना बेपत्ता भएको प्रहरी निरीक्षक वसन्त पाण्डेले नेपाल समयलाई जानकारी दिए। 

‘मकैडाँडा भन्ने ठाउँमा चार बालक शनिबारको बिदामा पौडी खेल्न गएका रहेछन्। त्यसमध्ये तीन जनालाई खोलाले बगाएछ,’ घटनाबारे जानकारी दिँदै पाण्डेले भने, ‘बगेका एक जनाको सकुशल उद्धार गरियो । बाँकी दुई जना बेपत्ता छन्। उनीहरुको खोजी कार्य जारी छ।’

उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।