बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'डिमर्ज' भएका दुई बैंक नयाँ 'साथी' खोज्दै

कमजोर–कमजोर बैंक मर्ज हुनुभन्दा कमजोर र बलियो बैंक मर्ज भए राम्रो हुने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेलले २०७४ सालमा गरेको अध्ययनले देखाएको छ।
 |  बुधबार, वैशाख २१, २०७९
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई कारबाही गर्दै तत्काल नयाँ वाणिज्य बैंक खोजेर मर्जर गर्न निर्देशन दिएसँगै दुवै बैंक नयाँ पार्टनर खोज्न लागिपरेका छन्।

triton college

केही दिनअघि राष्ट्र बैंकले दुवै बैंकका आधारभूत सेयर बिक्री गर्न नपाउने र सेयरधनीलाई लाभांश वितरण पनि गर्न नपाउने गरी कारबाही गरेको थियो भने हिमालयन बैंकका सञ्चालकलाई किन मर्जर भाँडेको भनेर स्पष्टीकरण पनि सोधेको थियो। त्यस्तै, दुवै बैंकलाई नयाँ ‘जोडी’ खोज्न निर्देशनसमेत दिएको थियो। यो निर्देशनका कारण दुवै बैंक नयाँ बैंक खोजेर मर्जका लागि प्रयासरत छन्। 

सिभिलसँग हिमालयन निकट, विकल्पमा सेञ्चुरी र बीओके
हिमालयन बैंकले मर्जरका लागि सिभिल, सेञ्चुरी र बैंक अफ काठमाण्डूसँग कुरा चलाइरहेको छ। सिभिलसँग त नन–डिस्क्लोजर एग्रिमेन्ट नै भइसकेको बताइएको छ। सुरुमा नेपाल इन्भेस्टमेन्टसँग मर्ज हुनुअगावै सिभिल बैंकले हिमालयन बैंकलाई मर्जका लागि प्रस्ताव पठाएको थियो। आफूहरु हिमालयन बैंकसँग मर्जरका लागि इच्छुक रहेको सिभिल बैंकले भने पनि कमजोर बैंकर संस्कार नमिल्ने भन्दै हिमालयन बैंकले सिभिलसँग मर्ज नहुने बताएको थियो। 

इन्भेस्टमेन्टसँग मर्जर तोडिएपछि हिमालयन बैंक सिभिल बैंकतर्फ मोडिएको छ। उसले पहिलो टार्गेट सिभिललाई राखेको छ। सिभिलमा कर्मचारी सञ्चयकोषको सेयर स्वामित्व ८.५१ प्रतिशत रहेको संस्थापक सेयर छ। त्यस्तै, राणा र थापा समूहले सञ्चालक गरेको आभा इन्टरनेसनल लिमिटेडको सिभिल बैंकमा ७३ लाख ५८ हजार ९३८ कित्ता सेयर छ भने राणा समूहको लगानी रहेको विजया इन्टरनेसनल प्रालिको १३ लाख २० हजार ९०० कित्ता सेयर सिभिलमा रहेको छ। 

विजया इन्टरनेसनल हिमालयन बैंकका संस्थापक अध्यक्ष हिमालय शमशेर जबराकी श्रीमतीको नाममा खोलिएको कम्पनी हो। सो कम्पनी हिमालय शमशेरका कान्छा छोरा र बुहारीले चलाइरहेका छन् भने आभा इन्टरनेसनल हिमालय शमशेरको परिवारका साथै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा, पृथ्वीबहादुर पाँडे लगायतको पनि सेयर रहेको छ। पाँडे र थापा दुवै हिमालयका ज्वाइँ हुन्।

Metro Mart
vianet

सोही कारण पनि हिमालयन बैंकले सिभिल रोजेको हुनसक्ने अनुमान गरिएको छ। तर यसपालि भने सिभिल बैंकको बार्गेनिङ क्षमतामा वृद्धि भएको छ। पहिले १००ः३५ को अनुपातमा मर्जका लागि प्रस्ताव गरेको हिमालयनले पछिल्लो समय सिभिलका सूचकहरु उकालो लागिरहँदा भने १००ः३५ नभएर १००ः५० भन्दा माथिबाट नै बार्गेनिङ सुरु गरेको बुझिएको छ। उता हिमालयन पनि मर्ज गर्नैपर्ने दबाबका कारण सिभिलको प्रस्तावलाई नै स्वीकार गर्ने तयारीमा रहेको बताइएको छ।

केही दिनअघि राष्ट्र बैंकले दुवै बैंकका आधारभूत सेयर बिक्री गर्न नपाउने र सेयरधनीलाई लाभांश वितरण पनि गर्न नपाउने गरी कारबाही गरेको थियो भने हिमालयन बैंकका सञ्चालकलाई किन मर्जर भाँडेको भनेर स्पष्टीकरण पनि सोधेको थियो। 

तर, सिभिल बैंकसँग मर्ज हुँदा राणा समूह हावी हुन सक्ने भन्दै हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठले सेञ्चुरी बैंक र बैंक अफ काठमाण्डूसँग कुरा अगाडि बढाइरहे। अहिले हिमालयन बैंकमा कर्मचारी सञ्चयकोषको प्रतिनिधित्व गर्दै माओवादी केन्द्र निकट प्रचण्डमान श्रेष्ठ अध्यक्ष छन्। बैंक अफ काठमाण्डूमा सञ्चयकोषको १४.८ प्रतिशत सेयर छ। तर बैंक अफ काठमाण्डूसँग मर्ज हुँदा हिमालयन बैंकलाई अर्को खतरा भने सधैं हुने गर्छ। 

कर्मचारी सञ्चयकोषमा नयाँ सरकारले प्रशासक नियुक्त गर्ने हुँदा कोषको तर्फबाट बैंकको अध्यक्ष चुनिने र कोषको प्रतिनिधि सरकारप्रति उत्तरदायी हुने हुँदा जहिल्यै पनि कोषकै दबदबामा बस्नुपर्ने हुादा व्यावसायिक रुपबाट अगाडि बढ्न नसक्ने अवस्था भने हुन सक्छ। हाल हिमालयन बैंकमा कोषको १४.८ प्रतिशत सेयर रहेको छ। यही कारण अन्य सञ्चालकले बैंक अफ काठमाण्डूसँग मर्जमा जानका लागि सहमति नदिएको हिमालयन बैंकका एक सञ्चालकले बताए। 

त्यस्तै हिमालयन बैंकले सेञ्चुरीसँग पनि मर्जको कुरा चलाइरहेको छ। सेञ्चुरी बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठको निकट सम्बन्ध छ। त्यस्तै पछिल्लो समय सेञ्चुरी बैंकका सूचकहरु खासै राम्रो देखिएका छैनन्। त्यसैले मर्जका लागि सेञ्चुरीले पनि पार्टनर खोजिरहेको छ। यी दुवैको मन मिल्न सकेमा भने हिमालयनले सेञ्चुरी गाभ्ने वा प्राप्ति गर्ने पक्का छ। 

इन्भेस्टमेन्ट बैंक लक्ष्मी र सिटिजन्ससँग गहन छलफलमा
नेपाल इन्भेस्टमेन्ट बैंकले पनि मर्जका लागि आफ्नो जोडी खोजिरहेको छ। पहिलेदेखि नै बैंकहरु एकआपसमा मर्जमा जानुपर्ने अडान राख्दै आएका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे मर्जका लागि जोडी खोज्न आफै लागिरहेका छन्। ससुरा हिमालयन शमशेर राणाले स्थापना गरेको हिमालयन बैंकमा सीईओको रुपमा काम गरिरहेका पाँडेले फ्रेन्च कम्पनी क्रेडिट एग्रिकोल इन्डोस्क्विज कम्पनीले नेपालको लगानी बिक्री गरी फर्कन लागेपछि सस्तोमा सेयर पाएर सबै सेयर छाया इन्टरनेसनल कम्पनी खोलेर आफूले किनेका थिए। सोही समयदेखि आफ्नै नेपाल इन्भेस्टमेन्टमा लगानी रहेका थिए। पाँडेलाई इन्भेस्टमेन्ट बैंक गलत व्यक्तिको हातमा जाला भन्ने डर भएकाले उनलाई सो बैंक आफ्नो सन्तानभन्दा पनि प्यारो रहेको उनका निकटस्थहरु बताउँछन्। 

त्यसैले पनि पाँडे आफैं बैंकको नयाँ पार्टर खोज्न व्यस्त रहेको बताइन्छ। हिमालयन बैंकको साधारणसभाले नेपाल इन्भेस्टमेन्ट बैंकसँग ‘डीमर्ज’ हुने निर्णय पारित गरेसँगै बिनागल्ती कारबाही भोग्नुपरेको इन्भेस्टमेन्ट बैंक चाँडै नयाँ पार्टर खोज्ने राष्ट्र बैंकको निर्देशनपछि दबाबमा आएको हो। उसले पनि लक्ष्मी बैंकसँग मर्जका लागि कुराकानी अगाडि बढाइरहेको छ। नेपाल इन्भेस्टमेन्ट बैंकमा नागरिक लगानी कोषको ३७ लाख ४५ हजार ३७८ अर्थात् २.६२ प्रतिशत र राष्ट्रिय बिमा संस्थान लिमिटेडको १६ लाख २० हजार ९४० अर्थात् १.१३ प्रतिशत सेयर स्वामित्व छ। लक्ष्मी बैंकमा पनि यी दुवै संस्थाको क्रमशः ८.६२ प्रतिशत र १.३६ प्रतिशत सेयर स्वामित्व छ। 

नेपाल इन्भेस्टमेन्ट बैंकले पनि मर्जका लागि आफ्नो जोडी खोजिरहेको छ। पहिलेदेखि नै बैंकहरु एकआपसमा मर्जमा जानुपर्ने अडान राख्दै आएका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे मर्जका लागि जोडी खोज्न आफै लागिरहेका छन्।

दुवै संस्थाको लगानी नेपाल इन्भेस्टमेन्ट र लक्ष्मी बैंकमा रहेकोले पनि यी बैंकहरुले एकआपसमा मर्जका लागि कुराकानी अगाडि बढाएका हुन्। तर सम्झौता भएर एकीकृत कारोबार सुरु नगरेसम्म पक्का नहुने भएकोले नेपाल इन्भेस्टमेन्ट बैंक यसबारे बोल्न चाहिरहेको छैन। हिमालयन बैंकसँग धोका खाइसकेकोले पनि यसपालि इन्भेस्टमेन्ट बैंक मर्जरको बारेमा गोप्य रुपमा कुरा अगाडि बढाइरहेको छ।

लक्ष्मी बैंकसँग मात्र नभएर इन्भेस्टमेन्ट बैंकले सिटिजन्स इन्टरनेसनल बैंकसँग पनि कुराकानी अगाडि बढाएको छ। सिटिजन्स बैंकमा नागरिक लगानी कोषको ३८ लाख ७४ हजार ८१६ अर्थात् ४.४९ प्रतिशत सेयर स्वामित्व रहेको छ। कोषमार्फत इन्मेष्टमेण्टले सो बैंकसँग मर्जका लागि कुराकानी अगाडि बढाएको हो। सिटिजन्स बैंकमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डे समूहको पनि राम्रै सेयर हिस्सा छ। पाँडे र पाण्डे समूहको कुरा मिलेमा इन्भेस्टमेन्ट बैंक सिटिजन्ससँग पनि मर्ज हुन सक्छ। लक्ष्मी वा सिटिजन्स बैंकलाई नै मर्जका लागि विषेश जोड दिएको इन्भेस्टमेन्टले अरु बैंकसँग भने मर्जरको विषयमा गम्भीर भएर कुराकानी गरेको छैन। 

मर्ज हुँदा बैंकको वर्किङ कल्चर, कर्मचारी व्यवस्थापनमा समस्या हुने भएकोले सकेसम्म वर्किङ कल्चर मिल्नेसँग नै मर्ज गर्न चाहेको नेपाल इन्भेस्टमेन्ट बैंकका एक सञ्चालकले बताए। उनले भने, ‘हो, हामीलाई मर्जका लागि राष्ट्र बैंकको दबाब छ। हामीले गर्दै नगरेको गल्तीसमेत हिमालयन बैंकका कारण कारबाही भोग्नुपरेको छ, अब हामी छिट्टै मर्जका लागि जोडी खोज्दैछौं।’

मर्जरमा दबाब थप्दै राष्ट्र बैंक
पछिल्लो समय नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले नेपालमा बढीमा १५ वटा वाणिज्य बैंक भए पुग्ने निष्कर्ष निकालेको छ। जसका कारण केन्द्रीय बैंकलाई वाणिज्य बैंकहरुलाई बिग मर्जरमा जान थप दबाब दिन सहज भएको छ।

आगामी मौद्रिक नीतिमा बैंकहरुको संख्या तोकेरै वा विभिन्न नीतिगत व्यवस्था गरेर मर्जका लागि प्रोत्साहित गर्नेेबारे छलफल भइरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए। राष्ट्र बैंकले ‘डीमर्ज’ पनि हुन सक्ने पाठ हिमालयन–इन्भेस्टमेन्ट मर्ज प्रक्रियाबाट सिकेकाले त्यसो गर्ने बैंकलाई थप कारबाहीको व्यवस्था गर्न सक्नेछ। 

यी बैंक छन् मर्जका लागि पाइपलाइनमा 
२०७६ असार १२ गते नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले वाणिज्य बैंकहरुको नामै तोकेर मर्जका लागि तयारी थाल्न मौखिक निर्देशन दिएका थिए। त्यतिखेर उनले सिभिल, कुमारी, एनसीसी, सेञ्चुरी, मेगा, प्राइम, एनबी, सनराइज, सिद्धार्थ, सिटिजन्स, लक्ष्मी र बैंक अफ काठमाण्डूको नाम लिएका थिए। अहिले ठूला भनिएका बैंकहरुले यिनै बैंकहरुलाई मर्जका लागि कुराकानी अगाडि बढाइरहेका छन्। 

नबिल बैंकले नेपाल बंगलादेश बैंकसँग मर्ज गरी आगामी जेठदेखि एकीकृत कारोबार सुरु गर्ने गरी काम अगाडि बढाइरहेको छ। जनता बैंक ग्लोबल आइएमईसँग मर्ज भइसकेको छ भने अन्य बैंक मर्जका लागि पार्टनरको पर्खाइमा छन्। कमजोर बैंकहरु एकआपसमा मर्ज हुने भन्दा पनि बलियो बैंकसँग मर्ज हुन् भन्ने अपेक्षा नेपाल राष्ट्र बैंकको छ। कमजोर–कमजोर बैंक मर्ज हुनुभन्दा कमजोर र बलियो बैंक मर्ज भए राम्रो हुने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेलले २०७४ सालमा गरेको अध्ययनले देखाएको छ।

प्रकाशित: May 04, 2022| 14:38 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्