बिहीबार, कात्तिक १२, २०८३

कांग्रेसले विराटनगरमा आज चुनावी सभा गर्दै

विराटनगरमा हुने सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

विराटनगर- आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले बुधबार विराटनगरमा चुनावी सभा गर्दै छ। 

विराटनगरमा हुने सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले विराटनगरको पुष्पलाल चोकमा चुनावी सभा राखिएको जानकारी दिए।

सभाका लागि मञ्च व्यवस्थापनदेखि लिएर सबै तयारी पूरा भइसकेको उनको भनाइ छ। माझीका अनुसार चुनावी सभा कांग्रेस एक्लैले गर्न लागेको हो। स्थानीय निर्वाचनमा गठबन्धन गरेर गए पनि चुनावी सभा भने कांग्रेस एक्लैले गर्ने भएको छ। 

गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवको उम्मेदवारी परेको छ। गठबन्धन गरेर निर्वाचनमा होमिए पनि चुनाव लक्षित कार्यक्रम भने कांग्रेस एक्लैले अघि बढाइरहेको छ। 

विराटनगरबाट कांग्रेसले देशव्यापी चुनावी सभाको सुरुवात गर्न लागेको हो। मुलुकका सात वटै प्रदेशमा चुनावी सभा गर्ने कांग्रेसको तयारी छ।

प्रकाशित: May 04, 2022| 08:50 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...