बिहीबार, कात्तिक १२, २०८३

मतदाताका घरघरमा मत माग्दै उम्मेदवार

मुख्यमन्त्री लालबाबु रावतको गृह नगर पर्साको वीरगञ्ज यतिवेला चुनावी रौनकताले तातेको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आआफ्नो प्रतिवद्धतापत्र लिएर मतदाताका घरघरमा पुगिरहेका छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

वीरगञ्ज- मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको आसन्न निर्वाचनलाई चौतर्फीरुपमा चासोका साथ हेरिएको छ।

मुख्यमन्त्री लालबाबु रावतको गृह नगर पर्साको वीरगञ्ज यतिवेला चुनावी रौनकताले तातेको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आआफ्नो प्रतिवद्धतापत्र लिएर मतदाताका घरघरमा पुगिरहेका छन्।

महानगरपालिकामा प्रमुख पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र  गरी कूल १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने उपप्रमुखमा दुई स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा उत्रेका छन्। निर्वाचनमा दलहरुले गठबन्धन बनाउँदा प्रमुख पदमा नेपाली कांग्रेस, नेपकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट जसपाका नेता राजेशमान सिंह चुनावी मैदानमा छन् भने नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट एमालेका नेता निवर्तमान प्रमुख विजयकुमार सरावगी चुनावी मैदानमा छन्।  

तत्कालीन संघीय समाजवादी फोरमबाट प्रमुखमा निर्वाचित सरावगीले पार्टीभित्रको अन्तर विवादका कारण  पार्टी परित्याग गरी केही महिना अघि एमालेमा प्रवेश गरेका थिए। 

उपप्रमुखमा सरावगीको प्यानलबाट लोसपाका नेता पुरुषोत्तमलाल झा र  सिंहको प्यानलबाट  काँग्रेसका जिल्ला सचिव  इम्तियाज आलम चुनावी मैदानमा छन्। विशेष गरी यस महानगरपालिकामा यस पटकको निर्वाचनमा सरावगी र सिंहको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने जनाइएको छ।

प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरी, नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार, नेपाल किसान पार्टीबाट गोकर्णप्रसाद कोइरी, स्वतन्त्र प्रभात सिंह, जमिलराय भाठ, रिजवान अली, राजेन्द्रप्रसाद सिंह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्कीराज पटेल, सञ्जिवकुमार यादव, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिंह र रोज मियाँ अन्सारीलगायत चुनावी मैदानमा छन्। वीरगञ्ज महानगरपालिकामा हाल कूल एक लाख २४ हजार ६४७ मतदाता  छन्।

प्रचारमुखी ब्यानरहरु हटाउन माग

निर्वाचन कार्यालयले आसन्न निर्वाचनमा उम्मेदवारको प्रचार प्रसार हुने गरी जिल्लाका विभिन्न सार्वजनिक स्थलमा राखिएकोे प्रचारमुखी ब्यानरहरु हटाउन सरोवाला सबैलाई निर्देशन दिएको छ। निर्वाचनमा आफ्नो प्रचार प्रसारका लागि दल र उम्मेदवारहरुले सार्वजनिक स्थलमा राखेको प्रचार जन्य सामग्री पोस्टर र ब्यानरहरु तत्काल हटाउन निर्वाचन कार्यालयले राजनीतिक दल र दलका उम्मेदवारहरुलाई यस्तो निर्देशन दिएको हो।

प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक स्थलमा उम्मेदवारहरुले राखेका आफना प्रचार ब्यानरहरु हटाउन आग्रह गर्नुभयो। निर्वाचन आचारसंहितानुसार सार्वजनिक भवन, सार्वजनिक पार्क, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न राख्न वा टाँस्न पाइने छैन।

यस्तै कुनै पनि उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड पनि राख्न निषेध गरिएको छ।  

दल र उम्मेदवारहरुले चोक, सार्वजनिक भवन, पार्कलगायतका सार्वजनिकस्थलमा आचारसंहिता मिचेर आ-आफ्नो पोष्टर राखेका छन्।  निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्वाचन आयोगले गएको चैत २५ गतेदेखि नै निर्वाचन आचारसंहिता २०७८ लागू गरिसकेको छ।


प्रकाशित: May 04, 2022| 08:23 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...