बुधबार, असार ३१, २०८३

जनकपुरमा चुनाव सकिएको १० महिनापछि पुनः मतगणना!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- स्थानीय तह निर्वाचन सकिएको १० महिनापछि जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ वेंगाशिवपुरको मतगणना पुनः हुने भएको छ । उच्च अदालत जनकपुरले आदेश जारी गरेपछि यो वडाको मतगणना पुनः हुने भएको हो । 

उच्च अदालतका न्यायधीश डा.रविशर्मा अर्यालयको एकल इजलासले भदौ २६ गते विहान ११ बजे मतगणना दोहर्‍याउन आदेश दिएको छ । मतगणनामा धाँधली भएको भन्दै एमालेका वडा अध्यक्षका प्रत्याशी विनोदकुमार साहले जिल्ला निर्वाचन कार्यालयलाई विपक्षी बनाउँदै उच्च अदालत जनकपुरमा रिट दिएका थिए । रिट उपर सुनवाइ गर्दै उच्च अदालतले जिल्ला निर्वाचन कार्यालयको नाममा यस्तो आदेश जारी गरेको हो ।

स्थानीय तहको निर्वाचनमा वडा नम्बर १९ को वडा अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार जगदीश यादव सात सय ८७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी एमाले उम्मेदवार ६ मतले पराजित भएका थिए । आफूलाई पराजित गर्न मतगणना अधिकारीहरुले सात वटा मतपत्र लुकाएको साहको दावी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।