शनिबार, असार ६, २०८३

नरभक्षी बाघ नियन्त्रणमा

चितवनको खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- चितवनको खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।

National life

चितवन राष्ट्रिय निकुञ्जको टोलीले उक्त भाले बाघलाई मंगलबार बिहान नियन्त्रणमा लिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आर्चायले उक्त बाघलाई नियन्त्रणमा लिइएको बताएका छन्।

गत आइतबार बिहान सो बाघको आक्रमणबाट खैरहनी १३ वैरियाका ६५ वर्षीय नारायण दाहालको मृत्यु भएको थियो।

बाघ नियन्त्रणका लागि दुई दिनदेखि प्रयास थालिएको उनले बताएका छन्। बाघलाई अहिले खोरमा राखिएको छ।

प्रकाशित: May 04, 2022| 07:22 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।