बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हुण्डी कारोबार रोक्न र घर जग्गा व्यवसायमा कर लगाउन पूर्व अर्थमन्त्री खतिवडाको सुझाव

हुण्डी कारोबार रोक्न र घर जग्गा व्यवसायमा कर लगाउन पूर्व अर्थमन्त्री खतिवडाको सुझाव

शिक्षामा अनावश्यक रुपमा विदेशिएको रकम, हुण्डी कारोबार तथा नेपालीको वैदेशिक भ्रमणलाई केही हद सम्म रोक्ने हो भने पनि त्यसले विदेशी बिनिमय संचितिमा सकारात्मक प्रभाव पार्ने खतिवडाले बताएका छन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले घर जग्गा व्यवसायलाई करको दायरामा ल्याउनुपर्ने बताएका छन्। यसैगरी शिक्षामा अनावश्यक रुपमा विदेशिएको रकम, हुण्डी कारोबार तथा नेपालीको वैदेशिक भ्रमणलाई केही हद सम्म रोक्ने हो भने पनि त्यसले विदेशी बिनिमय संचितिमा सकारात्मक प्रभाव पार्ने खतिवडाले बताएका छन्। 

National life

अर्थतन्त्रमा पछिल्लो समय सकारात्मक संकेतहरु देखिन थालको भन्दै उनले ब्यवाहारिक रुपमै ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि हेर्न चाहेको बताए।

नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौंमा मंगलबार आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान विषयक कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन्। 

कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता भएको बताए। आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्रवैंकबीच प्रभावकारी समन्वय हुनुपर्ने खतिवडाको भनाई छ। उनले भने, ‘अर्थतन्त्रमा संरचनागत समस्या छ। कृषि सडक देखि जलविद्युत सवै क्षेत्रमा आयात गर्नुपरेको छ। व्यापार व्यवस्थापन प्रभावकारी हुन सकेको छैन। ’

आयात घटाउँदै जाने र निर्यात प्रवद्र्धन गर्ने गरी अल्पकालीन र दीर्घकालीन नीति बनाएर अघि बढ्न उनले सुझाव दिए। मुलुकको अर्थतन्त्रमा जोखिमको अवस्था कायमै रहेको भन्दै उनले सरकार संयम हुनुपर्ने बेला आएको बताए। उपभोग्य बस्तुहरुको अभावसंगै मुल्यवृद्धि हुने हल्लामा बजारमा अनावश्यक त्रास सिर्जना हुने गरेको डा खतिवडाको भनाई छ।

Shivam cement

मुलुकको अर्थतन्त्रको महत्वपुर्ण हिस्सा ओगट्ने नीजि क्षेत्र पनि जिम्मेवार हुनुपर्ने खतिवडाले बताए। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले सरकारले हचुवाका भरमा बस्तुहरुको आयात रोकेको तर्क गरे। आफुहरुले आयतलाई नियन्त्रण नभई व्यवस्थित गर्न आग्रह गर्दै आएको उनको भनाई छ। कुन वस्तु आयात गर्ने, कुन नगर्ने भन्ने विषयमा पहिला नीजि क्षेत्रसंग छलफल तथा अध्ययन पछि मात्रै सरकारले निर्णय गर्नुपर्ने उपाध्यक्ष श्रेष्ठको भनाई छ। आन्तरिक उत्पादन बढाएर निर्यात प्रवद्र्धन गर्नका लागि राज्यको नीति प्रभावकारी हुनुपर्ने उपाध्यक्ष श्रेष्ठले बताए। 

बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले बैदेशिक बिनिमय संचितिमा असर गर्न थालेपछि बिलासिताका बस्तुको आयात नियन्त्रण गरिएको बताए। यद्यपी यो अल्पकालिन भएको कार्कीको भनाई थियो। आफुहरु निजी क्षेत्र बिरोधी नभएको भन्दै उनले आयातलाई दीर्घकालसम्म असर नगर्ने गरि सरकारले निर्णय गरेको बताए। व्यापार घाटा कम गर्न तथा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नका लागि सरकारले केही बस्तुको आयात रोकेको कार्कीको भनाई छ।

कार्यक्रममा अर्थविद विश्वास गौचन, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार केसी लगायतले मुलुको अर्थतन्त्रमा केही चाप परेपनि यो अल्पकालिन भएको बताए। युथ चेम्बरका अध्यक्ष दिपेश रत्न तुलाधरले अर्थतन्त्रका सबै क्षेत्रमा एकैचोटी चाप परेकाले सरकार र सरोकारवालाको ध्यानकर्षण गराउन खोजिएको बताए। युथ चेम्बरले नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौची एवं समाधान विषयमा गरेको गोष्ठीलाई किसान पाइपले प्रायोजन गरेको हो।

प्रकाशित: May 03, 2022| 21:11 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्