सोमबार, असोज १२, २०८३

रुकुमपूर्वमा टेलिफोन र विद्युत् सेवा अवरुद्ध

जिल्लामा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ। जिल्लामा एकै पटक टेलिफोन र विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक मर्कामा परेका छन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

रुकुमपूर्व- जिल्लामा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ। जिल्लामा एकै पटक टेलिफोन र विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक मर्कामा परेका छन्। 

सोमबारदेखि अवरुद्ध भएको टेलिफोन र विद्युत् सेवा अहिलेसम्म सुचारु हुन नसक्दा सेवाग्राही मारमा परेका छन्। अहिले जिल्लावासीलाई फोन गर्न, इन्टरनेट चलाउन, सुचना आदानप्रदान गर्न, बत्ती बाल्न र विद्युतीय कामकाज गर्न समस्या भइरहेको छ। 

रुकुम (पश्चिम)को जन्ति बस्ने लेकस्थित टावरमा चट्याङबाट क्षति पुग्दा रुकुम (पूर्व)मा टेलिफोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय रुकुम (पूर्व)का प्रमुख चन्दनकुमार यादवले जानकारी दिनुभयो। चट्याङ्बाट तार जलेको छ।  तार मर्मतको काम सम्पन्न भएको कार्यालयले जनाएको छ। टेलिफोन सेवा पुनः सञ्चालन हुन केही समय लाग्ने यादवले बताए। 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम(पूर्व)ले हावाहुरीका  कारण विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ। हावाहुरीले सल्यान र रुकुम(पश्चिम)मा रुख ढलेका कार सेवा अवरुद्ध भएको वितरण केन्द्रका प्रमुख सुरेश चौधरीले जानकारी दिए। रुकुम(पश्चिम) को धैरेनीचौरस्थित सव स्टेसन सञ्चालनमा आएपछि विद्युत् अनियमितको समस्या समाधान हुने बताइएको छ।  

रुकुम (पश्चिम)ले काममा ढिलासुस्ति गर्दा रुकुम(पूर्व) मा विद्युत् अनियमित हुने समस्या हट्न नसकेको वितरण केन्द्र रुकुम(पूर्व)ले जनाएको छ। टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएसँगै यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज गर्न समस्या भएको छ। स्थानीय तह  चुनाव नजिकिँदै गर्दा विद्युत् र टेलिफोन सेवा ठप्प हुँदा कामकाजमा बाधा पुगेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए।

प्रकाशित: May 03, 2022| 22:15 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्