सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई व्यावहारिकरूपमै कार्यान्वयन गर्नुपर्ने

‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई व्यावहारिकरूपमै कार्यान्वयन गर्नुपर्ने

‘राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस-२०७९’ को अवसरमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा आइसिटी क्षेत्रका विज्ञले डिजिटल नेपाललाई कार्यान्वयन गर्न सम्बन्धित निकायले तत्परता देखाउनुपर्नेमा जोड दिए।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- ‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई व्यावहारिकरूपमै कार्यान्वयन गर्न सरकारसमक्ष माग गरिएको छ। ‘राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस-२०७९’ को अवसरमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा आइसिटी क्षेत्रका विज्ञले डिजिटल नेपाललाई कार्यान्वयन गर्न सम्बन्धित निकायले तत्परता देखाउनुपर्नेमा जोड दिए। 

सञ्‍चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकार डिजिटल नेपालको सपना साकार पार्ने बाटोमै अगाडि बढिरहेको बताउँदै सपना पूरा गर्न सबैको साथ र सहयोगको अपेक्षा गरे।

उनले गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विकास र विस्तारबाट समुन्‍नत राष्ट्र निर्माण गर्न सूचना, सञ्‍चार तथा प्रविधिसँग सम्बन्धित नीति तथा कानुन समयसापेक्ष परिमार्जन गर्ने तयारी भइरहेको पनि बताए। प्रधानमन्त्रीका सञ्‍चार प्रविधिविज्ञ दिपेश विष्टले नेपाललाई पूर्णरूपमा डिजिटल नेपाल बनाउनका लागि सरकारीभन्दा पनि निजी क्षेत्र उत्तिकै जिम्मेवार रहेको बताए। 

क्यान फेडेरेशनका पूर्वअध्यक्ष सुरेश कर्णले डिजिटल नेपालबारे सरकार आफैँले बनाएका नीति कार्यान्वयन गर्दै प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए। नेपाल दूरसञ्‍चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खानालले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यअनुरूप नै प्राधिकरणले प्रत्येक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रमा तीव्र गतिको इन्टरनेट पुर्‍याउने कार्य गरिरहेको जानकारी दिए। 


प्रकाशित: May 03, 2022| 20:35 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्