बिहीबार, कात्तिक १२, २०८३

कर्णालीका ३७७ मतदान केन्द्र अति संवेदनशील

कर्णाली प्रदेशभरि ९०७ मतदानस्थलअन्तर्गत एक हजार ३८५ मतदान केन्द्र रहेको उल्लेख गरे। कूल मतदान केन्द्रमध्ये ३३८ सामान्य, ६७० संवेदनशील र ३७७ अतिसंवेदनशील रहेको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाको भनाइ छ।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

सुर्खेत- कर्णाली प्रदेशमा ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले यहाँका १० जिल्ला ३७७ मतदान केन्द्र अतिसंवेदनशील रहेको जनाए।

कर्णाली प्रदेशभरि ९०७ मतदानस्थलअन्तर्गत एक हजार ३८५ मतदान केन्द्र रहेको उल्लेख गरे। कूल मतदान केन्द्रमध्ये ३३८ सामान्य, ६७० संवेदनशील र ३७७ अतिसंवेदनशील रहेको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाको भनाइ छ। 

उनका अनुसार भौगोलिक विकटता, मतदान केन्द्रको दूरी, मतदाता सङ्ख्या, विगतको घटना विश्लेषण र राजनीतिक प्रभावलाई दृष्टिगत गरी मतदान केन्द्रको वर्गीकरण गरिएको र त्यहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ।

आवश्यक सामग्रीसहित सबै मतदान केन्द्रमा सुरक्षा अवस्थाका बारेमा पनि निरीक्षण गरिएको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाको भनाइ थियो। 

'कर्णाली प्रदेश एकीकृत सुरक्षा प्रणालीअन्तर्गत सामान्य, संवेदनशील र अतिसंवेदनशील मत केन्द्र वर्गीकरण गरेर हामीले प्रदेशभरि सात हजार ७१३ म्यादी प्रहरी परिचालन गरेका छौँ,' उनले भने, 'त्यस्तै पाँच हजारको हाराहारीमा नेपाली प्रहरी पनि खटाइएको छ । म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितलाई जोड्दा सुरक्षा अवस्था मजबुत बन्ने देखिन्छ।'

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रत्येक जिल्लास्थित सुरक्षा समितिहरू क्रियाशील रहेकाले छिट्फुट घटनाबाहेक अवस्था शान्त नै छ र निर्वाचन प्रचारका लागि उम्मेदवारहरूले घरदैलो कार्यक्रम गरिरहेका छन्। यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि हाल कर्णालीमा चार लाख ४९ हजार ३० महिला र चार लाख ५९ हजार ४०१ पुरुष गरी कूल मतदाता सङ्ख्या नौ लाख आठ हजार ४३३ रहेको जनाइएको छ।

प्रकाशित: May 03, 2022| 20:18 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...