सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साथीमार्टले सञ्चालनमा ल्यायो १००औं शाखा, राजेश हमालले गरे उद्घाटन

साथीमार्टले सञ्चालनमा ल्यायो १००औं शाखा, राजेश हमालले गरे उद्घाटन

‘साथीमार्ट’को १००औं आउटलेट सञ्चालनमा आएको छ। साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं अभिनेता राजेश हमालले नयाँ आउटलेटको उद्घाटन मंगलबार गरेका हुन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- ‘साथीमार्ट’को १००औं आउटलेट सञ्चालनमा आएको छ। साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं अभिनेता राजेश हमालले नयाँ आउटलेटको उद्घाटन मंगलबार गरेका हुन्। 

ललितपुरको सानेपा खरिबोटमा सञ्चालनमा आएको नयाँ आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्टलगायतका सामान उपलब्ध छन्। सानेपा आउटलेटमा घरैमा बसेर पनि सपिङ गर्न सकिन्छ। कम्पनीको आधिकारिक वेबसाइटमा गएर वा एप स्टोरमा उपलब्ध एप मार्फत आफुलाई चाहिएको सामान रोजि निस्शुल्क डेलिभरी मगाउन सकिन्छ । 

कार्यक्रममा बोल्दै हमालले साथीमार्ट इनोभेटिभ, सकारात्मक र बिस्वस्नियता भएको कम्पनी भएकाले आफू जोडिएको बताए। 

२०७८/७९ आर्थिक वर्षमा २ अर्ब कारोबारको लक्ष्य राखेको कम्पनीले २०८०/८१ बाट हजार करोडको टर्नओभर लक्ष्य राखेको छ। 

साथीमार्टका आउटलेट पुर्वमा झापादेखि पश्चिम कैलाली दार्चुला सम्म फैलिएका छन् । जिरी, सल्यान, अर्घाखाँची लगायतका ग्रामीण भेगमा नेपालका प्राय ठूला सम्पूर्ण सहरमा १०० आउटलेट सहित फैलिएको छ। हाल स्टोर र कम्पनीमा ४ सय जनाले रोजगारी पाएका छन् भने ३ हजारभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएको कम्पनीको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले दाबी गरे। २०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको साथीमार्टले छोटो समयमा नै आफूहरूले  १००औँ शाखा सञ्चालनमा ल्याएको बताएको छ। ‍

प्रकाशित: May 03, 2022| 19:47 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्