बिहीबार, कात्तिक १२, २०८३

कांग्रेसका सभा सम्बोधन गर्न खटाइए केन्द्रीय नेता [सूचीसहित]

उक्त सभाहरुमा पार्टीका सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्ने बताइएको छ।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- नेपाली कांग्रेसले देशका विभिन्‍न स्थानहरुमा हुने सभाहरुमा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने भएका छन्। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले देशभरका विभिन्‍न स्थानमा सभा गर्ने कार्यक्रम रहेको छ।  

उक्त सभाहरुमा पार्टीका सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्ने बताइएको छ।

सम्बोधन गर्ने नेताहरुको सूची:

१. वैशाख २१ गते मोरङ (विराटनगर)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

विश्वप्रकाश शर्मा, महामन्त्री लगायत अन्य वक्ताहरू

२. वैशाख २२ गते चितवन (भरतपुर)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

३. वैशाख २३ गते काठमाडौं

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता लगायत अन्य वक्ताहरू

४. वैशाख २४ गते (बिहान ११ बजे) रुपन्देही (वुटवल)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 गगनकुमार थापा, महामन्त्री लगायत अन्य वक्ताहरू

५. वैशाख २४ गते (दिउँसो १२ः३० बजे) तनहुँ (दमौली)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

डा. प्रकाशशरण महत, प्रवक्ता लगायत अन्य वक्ताहरू

६. वैशाख २४ गते (दिउँसो २ बजे) धनुषा (जनकपुर)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 भीष्मराज आङ्दम्बे, सहमहामन्त्री

 महेन्द्र यादव, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

७. वैशाख २५ गते (बिहान ११ बजे) कास्की (पोखरा)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 धनराज गुरुङ, उपसभापति

 जीवन परियार, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

८. वैशाख २५ गते (दिउँसो २ बजे) दाङ (तुलसीपुर)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 किशोरसिंह राठौर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

९. वैशाख २६ गते कैलाली (धनगढी)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 फरमूल्लाह मंसुर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

१०. वैशाख २७ गते डडेल्धुरा

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 बद्री पाण्डे, सहमहामन्त्री लगायत अन्य वक्ताहरू।


प्रकाशित: May 03, 2022| 18:30 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...