काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बुँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यामहरुलाई पुनः आग्रह गरेका छन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्यचाहीँ त्यस विपरीत आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चारमाध्यमहरुको गम्भीर ध्यानाकर्षण गराए।
सामुदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराएका छन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले दृष्यहरु निर्वाचन आचारसंहिता विपरीतका भए त्यसले आम मतदाताहरुमा नकारात्मक असर पर्नेतर्फ पनि सञ्चार माध्यमहरुलाई सचेत गराए। उनले भने, ‘आचारसंहिता विपरीत हुने दृष्यहरु नदेखाई हामीले दृष्य त खिचेका थियौं, समाचार मात्रै भन्यौं। किनभने निर्वाचन आचारसंहिता विपरीतका दृष्यहरु हामीलाई देखाउन मन लागेन भने पनि भयो। जे भन्दा पनि भयो। जे भन्दा राम्रो हुन्छ, त्यही भन्दा भयो।'
निर्वाचन आयोगले सबैले मान्छु भन्ने प्रतिबद्धतासहित जारी गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन हुँदैन कि भनेर आशंका गर्ने ठाउँ नै नरहेको तर्क समेत गरे।
कार्यक्रममा सार्वजनिक गरिएको सामूदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहितामा मतदाता र मतदान प्रक्रियालाई नकारात्मक रुपमा प्रभावित पार्ने मनसायले कुनै पनि विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत नगर्न सचेत गराइएको छ।