पश्चिम तराईमा यतिबेला निक्कै गर्मी छ । साउन महिलाका प्रत्येक दिन मध्यान्हतिर यहाँको तापक्रम निक्के बढ्ने गरेको छ ।
त्यसैले बढ्दो शहरीकरण र आधुनिकीकरणसँगै बुटवल, भैरहवालगायतमा सञ्चालमा रहेका होटलहरुले ग्राहक तान्न अनेकन योजना ल्याउने गरेका छन् । त्यसमध्येको एक हो स्वीमिङ पुल ।
यहाँका पाँचतारे होटल टाइगरप्यालेसदेखि नान्स, रेडीसन, ड्रिमल्यान्ड, क्लब डेनेभो, आरम्भ, कासाई, पौवा, फनपार्कमा स्वीमिंग गर्नेको भीड नै हुन्छ ।
पहिले पहिले विदेशीहरुले मात्रै स्वीमिंग गर्ने प्रचलन रहेकोमा आजकल स्थानिय होटलहरुमा स्थानियहरु नै पौडीखेल्न समय निकालेर जानेको संख्या अत्याधिक हुने गरेको पौवा भैरहवाका म्यानेजर विष्णु भण्डारी बताउँछन् ।
हेर्नुहोस् होटल पौवाको स्वीमिंग पुलमा रमाएका पर्यटकको दृश्य ।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४