सोमबार, साउन २५, २०८३

प्रेस स्वतन्त्रता सूचकांकमा नेपालको प्रगति

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसअफ) ले १८० देशमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दै सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२२ मा अघिल्लो वर्ष १०६औँ स्थानमा रहेको नेपाल यो वर्ष ७६औँ स्थानमा उक्लेको देखाएको हो।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- नेपालले प्रेस स्वतन्त्रता सूचकाङ्कमा प्रगति गरेको छ। रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसअफ) ले १८० देशमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दै सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२२ मा अघिल्लो वर्ष १०६औँ स्थानमा रहेको नेपाल यो वर्ष ७६औँ स्थानमा उक्लेको देखाएको हो। 

विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कअनुसार छिमेकी मुलुक भारत १५०औँ स्थानमा झरेको छ। गतवर्ष भारत १४२औँ स्थानमा थियो। पाकिस्तान पनि १५७औँ स्थानमा झरेको छ। 

नर्वे, डेनमार्क र स्वीडेन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा छन्। चीन, सिरिया, इराक, उत्तर कोरिया, इरान, क्युवा र म्यान्मा अतिकम प्रेस स्वतन्त्रता भएका देशका रुपमा दरिएका छन्। इस्टोनिया, फिनल्याण्ड, आयरल्याड, पोर्चुगल, कोष्टारिका क्रमशः चौथो, पाँचौ, छैटौँ, सातौ र आठौँ भएका छन्। 

सूचकाङ्कले समाचार र सूचना अराजकताको विनाशकारी प्रभाव र भ्रामक समाचार एवं प्रचारलाई प्रोत्साहन गर्ने अनियमित ‘अनलाइन’ सूचनाको प्रभावलाई गम्भीर विषयका रुपमा प्रस्तुत गरेको छ। 

हरेक वर्ष मे ३ अर्थात् आज विश्व प्रेस स्वतन्त्रता दिवसलाई सरकारले प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिँदै मनाइने गरेको छ भने प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताका विषयहरूमा सञ्चारकर्मीहरू पनि उत्तिकै गम्भीर र संवेदनशील हुनुपर्ने वास्तविकतालाई मार्गदर्शकका रुपमा लिइन्छ।

प्रकाशित: May 03, 2022| 16:53 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।