काठमाडौं- आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ५३ वटा पालिकाको मतपत्र दोहोर्याएर छाप्नुपर्ने भएको छ। अपेक्षा गरेभन्दा धेरै स्वतन्त्र उम्मेदवार भएपछि मतपत्र दोहोर्याएर छाप्न लागिएको निर्वाचन आयोगले जानकारी दिएको हो।
पहिला कम उम्मेदवार हुने अपेक्षा गरिएको तर पछि स्वतन्त्र उम्मेदवार धेरै हुँदा पहिले राखिएका चिह्नले नपुग्नेभएपछि नयाँ मतपत्र छाप्न लागिएको हो। यीमध्ये मधेश प्रदेशका पालिका बढी छन्।
आयोगले महानगरको पनि मतपत्र छाप्न सुरु गरिसकेको जानकारी दिएको छ। अब केही जिल्ला बाहेकका सबै स्थानका मतपत्र पनि जिल्लामा पठाइसकिएको छ।