बुधबार, असार १०, २०८३

सरकार र सेवाप्रदायकबीच सहमति, इन्टरनेट सेवा नरोकिने

इन्टरनेट सेवा अवरुद्ध नहुने भएको छ। सरकारसँगको सहमतिपछि इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान) ले इन्टरनेट सेवा अवरोध नगर्ने निर्णय गरेको हो।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं– इन्टरनेट सेवा अवरुद्ध नहुने भएको छ। सरकारसँगको सहमतिपछि इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान) ले इन्टरनेट सेवा अवरोध नगर्ने निर्णय गरेको हो।

National life

भारतीय कम्पनीलाई बुझाउनुपर्ने भुक्तानीमा सरकारले सहजीकरण गर्ने सहमति भएपछि इन्टरनेट अवरोध नहुने भएको हो।

नेपालका इन्टरनेट सेवाप्रदायकले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएका छन्। कम्पनीहरुको बेरुजुलाई देखाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भुक्तानीका लागि चाहिने विदेशी मुद्रा सिफारिस रोकेपछि भारतीय कम्पनीहरुले इन्टरनेट रोकिन सक्ने बताएका थिए। आइस्पान र मन्त्रालयबीच भएको सहमतिअनुसार बुधबारबाट भुक्तानी सहजीकरण हुनेछ।

 


प्रकाशित: May 03, 2022| 14:34 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्