बुधबार, असार ३१, २०८३

कांग्रेसले भन्यो, 'न्यायलय कब्जा गर्ने खेल'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेपाली कांग्रेसले सरकारले न्यायालयलाई लाचार छाया बनाएको निष्कर्ष निकालेको छ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले दुई तिहाईको त्रास देखाएर न्यायालवलाई कब्जा गर्न खोजेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसको सांगठनिक रुपमा प्रतिकार गर्ने निष्कर्ष निकालेको हो । 

सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सरकारको कामकारबाही र सरकारले दुर्इतिहाइको नाममा देखाएको दम्भको समीक्षा गरिएको थियो । 'संसदीय सुनुवाइ समितिमा जुन निर्णय गरियो, त्यसले राज्यका सबै अंगलाई सरकारले सत्ताको मातहतमा राख्न खोजेको देखिन्छ,' कांग्रेस नेता मिनेन्द्र रिजालले भने। 

बैठकमा संसदीय समितिमा कांग्रेसले बहिष्कार गर्नुपरेको विषयमा  पदाधिकारीहरूलाई सांसदहरूले ब्रिफिङ गरेका थिए। समितिले प्रधान्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गर्दा कांग्रेसले बैठक बहिष्कार गरेको थियो। 

यसैबीच, यसबारेमा नयाँ रणनीति तय गर्न र संसदमा दलको भूमिकालाई प्रभावकारी बनाउन कांग्रेस संसदीय दलको बैठक अहिले केहीबेरमा बस्दैछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।