काठमाडौं– इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१ मा सूर्या लाइफले तीनवटा विधा बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी, बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री र आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल अवार्ड हासिल गर्न सफल भएको छ।
प्रख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्थालगायत थुप्रै प्रतिष्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचांकहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो। बिमस्टेक मुलुकहरुबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले उक्त अवार्डहरु ग्रहण गरेका थिए।