सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबिच रेमिट्यान्स सम्झौता भएको छ।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबिच रेमिट्यान्स सम्झौता भएको छ। एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआई बैंकको तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स सिस्टम बाट आउने रकम  सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५,००० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी हुने साथै सिटी एक्सप्रेस मार्फत आएको रेमिट्यान्स नेपाल एसबीआई बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भएको छ। यस सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकिने विश्वास लिइएको छ।    


प्रकाशित: May 03, 2022| 11:18 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्