भक्तपुर- भक्तपुरको भक्तपुर नगरपालिका–८ स्थित लिवालीमा आफ्नै घरको छतबाट खसेर एक जना महिलाको मृत्यु भएको छ।
४४ वर्षीया लक्ष्मी सुन्दर कुसाथाको आफ्नै घरको ५ तलामाथिबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए।
सोमबार साँझ छतबाट खसेर गम्भीर घाइते भएकी कुसाथाको मध्यपुर अस्पताल थिमीमा मृत्यु भएको थियो।