बिहीबार, कात्तिक १२, २०८३

रुकुमपूर्वमा चुनावी माहोल बढ्दै

जिल्लाको तीन गाउँपालिकामा ३८४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

रुकुमपूर्व- आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै जिल्लामा चुनावी माहोल बढ्दै गएको छ। जिल्लाको तीन गाउँपालिकामा ३८४  उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। भूमे गाउँपालिका–३ मा एक महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। पालिका र वडामा आवश्यक पद भने १६१ छ।

निर्वाचन कार्यालयले निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेका छन्।  जिल्लामा साना–ठूला गरी नौवटा राजनीतिक दलले चुनावमा भाग लिएका छन्। 

उम्मेदवारको मनोनय दर्ता भएसँगै आ–आफ्ना पक्षमा मत माग्न नेता तथा कार्यकर्ता उत्साहपूर्वक घरदैलो कार्यक्रमलाई अघि बढाइरहेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राप्रपा, नेपाल मजदुर किसान पार्टी, नेशनल मङ्गोल अगनाइजेशन र राष्ट्रिय जनमोर्चा पार्टीले साथै केही स्वतन्त्र व्यक्तिले निर्वाचनमा भाग लिएका निर्वाचन कार्यालयले जनाएको छ। 

निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था पूरा भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए। शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने साझा दायित्व भएकाले सबै क्षेत्रबाट सहयोग पाउनेमा आफूहरू आशावादी भएको सरकारी अधिकारीले जनाएका छन्। निर्वाचन लक्षित जिल्लाका विभिन्न ठाउँमा सुरक्षा निकाय खटिने क्रम जारी छ। जिल्लामा ३५ मतदानस्थल तथा ४९ वटा मतदान केन्द्र छन्।

जिल्लामा राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारलाई तीव्र पारेका छन्। चुनावमा भाग लिने ती दलहरूले पालिकादेखि वडास्तरसम्म प्रचार–प्रसार अभियानलाई तीव्र पारेका हुन्। माओवादीले तीनवटै पालिका तथा ३१ वटै वडामा चुनावी प्रचारलाई तीव्र पार्नुका साथै पालिका तथा वडास्तरबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेर घरदैलो कार्यक्रममार्फत मत माग्न थालेको छ। यस्तै कांग्रेसले पनि चुनावी अभियान सुरु गरेको छ। चुनावी घोषणापत्र निर्माणको काम अन्तिम चरणमा पुगेको कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं कार्यालय सचिव लीलाराम बुढाले बताए। 

एमालेले पनि घोषणापत्र सार्वजनिक गरेर चुनावी अभियानलाई तीव्र पारेको छ। यस्तै  एकीकृत समाजवादीले पनि भेटघाट तथा घरदैलो अभियान सुरु गरेको छ। राप्रपाले पनि चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान कार्यक्रमलाई तीव्र पारेको छ। साथै जिल्लास्थित अन्य दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरूले पनि चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गर्दै हिँडेका छन्।      -रासस

प्रकाशित: May 03, 2022| 08:25 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...