शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोरखा जीप दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको परिचय खुल्यो

गोरखा जीप दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको परिचय खुल्यो

गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेमा सोमबार बेलुकी भएको जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छ।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

गोरखा- गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेमा सोमबार बेलुकी भएको जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छ।

National life

ज्यान गुमाउनेमा बारपाक सुलिकोट गाउँपालिका ५ का ५० वर्षीय देवीप्रसाद पोखरेल, कावासोती नगरपालिका १४ का ८० वर्षीय उत्तरकुमार सिग्देल र काठमाडौं महानगरपालिका १६ बनस्थली बस्ने ४५ वर्षीय पदम न्यौपाने रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार चितवनबाट जन्ती बोकेर आएको बा१४च ७८१ नम्बरको जीप गोरखाबाट चितवन फर्कंने क्रममा सोमबार बेलुकी सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरे भिरबाट तल खसेको थियो। 

तीन जना यात्रु चढिसकेपछि अन्य दुई जनालाई चढाउनका लागि सहयोग गर्न जीप चालक सिट बाहिर ओर्लिएका बेला ओरालोमा रोकिराखेको जीप पछाडि सर्दै सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

जीप चालक भरतपुर महानगरपालिका १८ धर्मपुरका घनश्याम लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ।

Shivam cement

प्रकाशित: May 03, 2022| 06:33 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।