शनिबार, असार ६, २०८३

इदका अवसरमा उपराष्ट्रपतिले दिए शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान पर्व इद (इदउल फित्र)को शुभकामना दिएका छन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान पर्व इद (इदउल फित्र)को शुभकामना दिएका छन्। 

National life

इदका अवसरमा आज शुभकामना दिँदै उनले नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरू र स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक रहेको उल्लेख गर्दै उहाँले विभिन्न समुदायका चाडवाड, रितिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै लगेको बताएका छन्। 

उपराष्ट्रपति पुनले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इदउल फित्रले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्। 

प्रकाशित: May 03, 2022| 06:20 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।