मंगलबार, साउन २६, २०८३

कञ्‍चनपुरका तीन अवैध क्रसर बन्द

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रमुख रामबहादुर कुरुवाङ्गले अख्तियारमा सोसम्बन्धी उजुरी परेपछि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गरेको बताए।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

कञ्‍चनपुर- विभिन्‍न आयोजनाका नाममा लामो समयदेखि कञ्चनपुरमा सञ्चालनमा रहेका तीन क्रसर बन्द गरिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रमुख रामबहादुर कुरुवाङ्गले अख्तियारमा सोसम्बन्धी उजुरी परेपछि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गरेको बताए।

'हामी कहाँ उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी समक्ष उक्त विषय अगाडि बढाउन भनेका थियौँ,' अख्तियार प्रमुख कुरुवाङ्गले भने, 'जिल्ला अनुगमन समितिको निर्णयपछि तीन क्रसर बन्द गरिएका हुन्।' 

अख्तियारका अनुसार सोमबारबेदकोट नगरपालिकामा निर्माण सामग्री केन्द्र, दोधारा चादँनीमा रहेको बासुलिङ्ग कन्सट्रक्सन र कृष्णपुरमा रहेको गौरव बिल्र्डसले सञ्चालन गरेको गैरकानुनी रुपमा सञ्चालित क्रसर बन्द गरिएका हुन्। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा रहेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि तीन वटा क्रसर बन्द गर्ने निर्णय गरेको जानकारी दिए।

'सडक आयोजनाका नाम क्रसर राख्ने, बालुवा धुन भन्ने तर गिट्टी अरु प्रयोजनमा लग्ने गरेको पनि देखियो,' उनले भने, 'आयोजनाका नाममा क्रसर राख्न पाउने प्रावधान रहेपनि दुरुपयोग भएको देखियो।'

अनुगमन समितिले क्रसर राखिएका पालिका र आन्तरिक राजस्व कार्यालयलाई थप कारबाहीका लागि प्रक्रियाअघि बढाउन भनिएको उgको भनाइ थियो। 

प्रकाशित: May 02, 2022| 23:30 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।