मंगलबार, साउन २६, २०८३

गोरखामा जन्ती बोकेको जीप दुर्घटना, तीन जनाको मृत्यु

गोरखाबाट जन्ती बोकेर चितवनतर्फ गइरहेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बा १४ च ७८१ नम्बरको जीप गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरेभीरमा दुर्घटना भएको हो।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- गोरखाबाट जन्ती बोकेर चितवनतर्फ गइरहेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बा १४ च ७८१ नम्बरको जीप गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरेभीरमा दुर्घटना भएको हो। 

सोमबार साँझ ४ बजे भएको जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका ६ चनौटेका ५० वर्षका देवीप्रसाद पोखरेल, लमजुङ दुराडाँडा घर भई हाल काठमाडौं महानगरपालिका १६ बस्‍ने ५१ वर्षका कमल न्यौपाने र कावासोती १४ का ८० वर्षका उत्तरकुमार सिग्देल रहेको एसपी खनालले जानकारी दिए। 

प्रहरीका अनुसार चालकले ओरालोमा जीप स्टार्टमा राखेर यात्रु चढाउन थालेको तर आफूभित्र नबस्दा जीप गुडेर भीरबाट करिब दुईसय मिटर तल खसेको थियो। चालक घनश्याम काफ्ले प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रकाशित: May 02, 2022| 21:40 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।