बिहीबार, कात्तिक १२, २०८३

इटहरी मेयरको प्रतिस्पर्धाबाट जसपा फिर्ता, गठबन्धन उम्मेदवार पौडेललाई समर्थन

इटहरीमा गठबन्धनबाट मेयरका कांग्रेसका हेमरकर्ण पौडेल उम्मेदवार छन्। उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्ट उम्मेदवार छन्। जसपाले यी दुवैलाई समर्थन गर्नेछ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

इटहरी- इटहरी उपमहानगरपालिकामा गठबन्धन तोडेर मेयर र उपमेयरका लागि उम्मेदवार खडा गरेको जसपाले दुवै पदबाट फिर्ता हुने निर्णय गरेको छ। दुवै पदमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने पार्टीको निर्णय छ। वडा तहमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने उसको निर्णय छ। 

इटहरीमा गठबन्धनबाट मेयरका कांग्रेसका हेमरकर्ण पौडेल उम्मेदवार छन्। उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्ट उम्मेदवार छन्। जसपाले यी दुवैलाई समर्थन गर्नेछ। 

जसपाबाट मेयरमा डिल्लीप्रसाद सुब्बा र उपमेयरमा योसा गुरागाईँले उम्मेदवारी दिएका थिए। उनीहरू दुवैले उम्मेदवारी निष्क्रिय गराउने भएका छन्। 

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेका कारण निर्वाचन आयोगको रेकर्डबाट भने उनीहरूको नाम नहट्ने भएको छ।


प्रकाशित: May 02, 2022| 20:07 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...