बिहीबार, कात्तिक १२, २०८३

२१ गतेभित्र उम्मेदवारी निष्क्रिय बनाए बागीमाथिको कारबाही पुनर्विचार हुन्छ : कांग्रेस

'उम्मेदवारी निश्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित, सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई पुर्नविचार गर्न सक्ने समेत सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ,' कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि बागी उम्मेदवारी दिएका नेताहरूले आफ्नो उम्मेदवारी निष्क्रिय गराए कारबाही पुनर्विचार गर्ने बताएको छ। सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसले वैशाख २१ भित्र बागी उम्मेदवारी, बागीका प्रस्ताव तथा समर्थकले उम्मेदवारी निष्क्रिय गराए कारबाही पुनर्विचार हुने जानकारी गराएको हो। 

'उम्मेदवारी निश्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित, सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई पुर्नविचार गर्न सक्ने समेत सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ,' कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

त्यसअगावै कांग्रेसका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारलाई समर्थन गर्नसमेत कांग्रेसले बागीहरुलाई आग्रह गरेको छ।

यसअघि कांग्रेसले आयोगले तोकेको समयावधिभित्र उम्मेदवारी फिर्ता नलिएकाहरू स्वतः पार्टीबाट निष्काशित हुने बताएको थियो। 

प्रकाशित: May 02, 2022| 19:16 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...