सोमबार, असोज १२, २०८३

उद्योग परिसंघको महानिर्देशकमा जोशी नियुक्त

नेपाल उद्योग परिसंघ (सीएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– नेपाल उद्योग परिसंघ (सीएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन्। परिसंघको २७ औं पदाधिकारी बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको नेपाल उद्योग परिसंघले जनाएको छ। 

सोमबार परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गरे। जोशीलाई कार्यभार सुम्पँदै अध्यक्ष अग्रवालले महानिर्देशक जोशीले परिसंघको उद्देश्य हासिल हुनेगरी काम गर्ने विश्वास व्यक्त गरे। अग्रवालले नेपाली उद्योगहरुको प्रतिनिधिमूलक संस्थाको रुपमा रहेको परिसंघले हालसम्म औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको पनि दावी गरे। 

नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरुलाई आफूले थप मजवुत र प्रभावकारी बनाउने बताए। जोशी यसअघि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए। उनी प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको समेत थिए। अन्तर्राष्ट्रिय  रूपमा ’च्यान्पियन्स इन च्यालेन्ज’ र ’पर्यटन हिरो’ जस्ता सम्मानबाट सम्मानित भएका छन्। 

प्रकाशित: May 02, 2022| 18:25 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्