मंगलबार, साउन २६, २०८३

वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी

'खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ' बर्दिबास नगरपालिका-९ पशुपतिनगरका महेन्द्र महतोले भने।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

महोत्तरी- लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीयतह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ। चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन्। 

'खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ' बर्दिबास नगरपालिका-९ पशुपतिनगरका महेन्द्र महतोले भने।

वर्षापछि रुखिएको जग्गा खनजोत गर्न सहज भएको उनले बताए। वर्षाले बर्खे धान र कोदोको धुले ब्याड राख्न सजिलो भएको छ। तरकारी बाली लगाउन पर्याप्त चिस्यान भएको भङ्गाहा नगरपालिका-४ रामनगरका चन्देश्वर राय दनुवारले बताए। 

वर्षाले किसान खुसी भए पनि उम्मेदवार भने बिलखबन्दमा परेका छन्। लगातारको वर्षाले मतदाता भेट्न र चुनावी प्रचारको अभियान बढाउन नपाउँदा उम्मेदवारलाई छटपटी भएको छ। 'वर्षाले प्रचार प्रसार गर्न अप्ठ्यारो भएको  छ', भङ्गाहा-४ का वडाध्यक्षका उम्मेदवार गङ्गाराम महतो भन्छन्, 'खेतीपातीको समय छ, मतदाता घरमा कमै भेटिन्छन्।'

वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन्। वर्षाले चुनावी प्रचार अभियानमा बाधा पुगेको छ। बर्दिबास-७ का वडाध्यक्षका उम्मेदवार धनसिंह क्याप्छाकी भन्छन्, 'प्रचारमा वर्षाले असर गर्‍यो।'      रासस

प्रकाशित: May 02, 2022| 21:30 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।