बुधबार, असार ३१, २०८३

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेको छ। 

पहिरो पन्छाउने काम शुरु भएकाले सडक खुल्न केही घण्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए। 

राति परेको वर्षाका कारण सडक चौडा पार्ने क्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो। पहिरोले चितवनबाट काठमाडौँ र पोखरा जाने तथा काठमाडौँ र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी साधन बीच बाटोमै रोकिएका छन्। 

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरोको जोखिम छ । यसअघि साउन १७ गते पनि सोही ठाउँमा पहिरो खसेर पाँच घण्टा सडक रोकिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।